आगलागीमा परी महिलाको मृत्यु

ओखलढुङ्गा— मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा जलेर एक महिलाको मृत्यु भएको छ ।
भान्सा कोठाको चुल्होमा डिजेल प्रयोग गरी आगो बाल्ने क्रममा सोमबार साँझ आगलागी हुँदा ३३ वर्षीया कमला गौतमको घटनास्थल मै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी हर्कपुरबाट खटिएको टोलीले स्थानीयको सहयोगमा आगो निभाएको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८० १२:३४