News Griha :: न्यूजगृह
एबीसी पुगेर महासचिव गुटेरेस भने— जलवायु परिवर्तनको मुख्य कारक विकसित राष्ट्र हुन् तर नेपालले परिणाम भोग्नु परेको छ
एबीसी पुगेर महासचिव गुटेरेस भने— जलवायु परिवर्तनको मुख्य कारक विकसित राष्ट्र हुन् तर नेपालले परिणाम भोग्नु परेको छ मंगलबार बिहान अन्नपूर्ण आधार शिविर (एबीसी) पुगेर उनले विकसित तथा औद्योगिक राष्ट्रका कारण जलवायु परिवर्तन भइरहेको बताउँदै त्यसको नतिजा नेपालले भोगिरहेको बताए । जलवायु परिवर्तनको बढ्दो असरका सन्दर्भमा नेपालको भूमिका नभएको उनले उल्लेख गरे ।
गुण्डा रिगलविरुद्धको मुद्दा खतिवडा, मल्ल र चुडालको इजलासमा
गुण्डा रिगलविरुद्धको मुद्दा खतिवडा, मल्ल र चुडालको इजलासमा गुण्डानाइके रिगल भनिने योगराज ढकाल विरुद्धको रिट न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा.कुमार चुडालको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।
चर्चामा आउन थाले ओझेलका पर्यटकीय गन्तव्य
चर्चामा आउन थाले ओझेलका पर्यटकीय गन्तव्य पछिल्लो समय बागलुङमा  नयाँ नयाँ पर्यटकीय ठाउँ चर्चामा आउन थालेका छन् । पहिले नै चर्चित रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पनि पर्यटकको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको पाइन्छ । जिल्ला सदरमुकाम बागलुङ बजार आसपासदेखि दूरदराजमा रहेका गन्तव्यमा आधारभूत पर्यटन पूर्वाधार बनी नसक्दा पनि पर्यटकको रोजाइमा पर्न थालेका छन् ।
व्यापारीले भनेकै मूल्यमा किसान धान बिक्री गर्न बाध्य
व्यापारीले भनेकै मूल्यमा किसान धान बिक्री गर्न बाध्य कैलालीका किसानले यस वर्षको धान बिक्री सुरुआत गरेका छन् । उनीहरु धान बेचेर हिउँदे खेतीका लागि खर्च जोहो गर्ने गर्दछन् । सरकारले तोकेको मूल्य नपाउँदा पनि किसानको धान बेच्नुपर्ने बाध्यता छ ।
किसानको रोजाइमा किबीखेती
किसानको रोजाइमा किबीखेती किवी एक हजार पाँच सय मिटरदेखि दुई हजार चार मिटरसम्मको उचाइमा खेती गर्न सकिने किसानको भनाइ छ । व्यवसायिक खेतीमा लागेका  किसानलाई सरकारले विषेश कार्यक्रम बनाएर प्रोत्साहन गर्न सके देशको आर्थिक विकासमा टेवा पुग्ने स्थानीय जानकारको भनाइ छ । यहाँको भौगोलिक विविधतालाई ध्यानमा राखेर माटो अनुसारको खेती विस्तारमा ध्यान दिन...
किसानलाई अनुदानमा आलुको बीउ वितरण
किसानलाई अनुदानमा आलुको बीउ वितरण व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई शुक्लाफाँटा नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको आलुको बीउ वितरण गरेको छ । आलुखेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको कृषि विकास शाखाले एक सय २० किसानलाई एक सय क्विन्टल आलुको बीउ वितरण गरेको हो ।
जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी
जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी बिरामी पर्नेमा जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय विमल  र आठ वर्षीया सुस्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अदालतमा पुग्यो हिमालयन बैंकको विवाद, के हो मुद्दा ?
अदालतमा पुग्यो हिमालयन बैंकको विवाद, के हो मुद्दा ? हिमालयन बैंकको विवाद फेरि अदालतमा पुगेको छ । बैंकको सर्वसाधारण शेयरधनी अनुपात राष्ट्र बैंकको नियमअनुसार ३० प्रतिशत पुर्‍याएर मात्र साधारण सभा गर्न भन्दै उच्च अदालत पाटनमा मुद्दा परेको हो ।
प्रिन्सिपल हत्या प्रकरण : पक्राउ पर्नेको संख्या ६ पुग्यो 
प्रिन्सिपल हत्या प्रकरण : पक्राउ पर्नेको संख्या ६ पुग्यो  सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा आएका चारजनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेर भागेको थियो । टाउको र छातीमा गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो ।
मानव बेचबिखनमा प्रहरीकै ‘कनेक्सन’
मानव बेचबिखनमा प्रहरीकै ‘कनेक्सन’ प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी सोमबार अदालतबाट म्याद लिई अनुसन्धान शुरु गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरेको जानकारी दिए ।
नेपाल र मलेसिया भिड्दै, दीपेन्द्र घाइते भएपछि नेपाललाई प्लेइङ ११ मा सन्तुलन मिलाउन कठिन
नेपाल र मलेसिया भिड्दै, दीपेन्द्र घाइते भएपछि नेपाललाई प्लेइङ ११ मा सन्तुलन मिलाउन कठिन नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ ।  नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो ।  मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो । प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी घाइते भएपछि नेपाललाई प्लेइङ ११ मा सन्तुलन मिलाउन नै कठिन देखिएको छ ।
Weather Update