News Griha :: न्यूजगृह
जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी

गुल्मी— जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन् ।

बिरामी पर्नेमा जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय विमल  र आठ वर्षीया सुस्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरु तीनै जनाको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । उनीहरु घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा सोमबार बिरामी परेको सरिताका श्रीमान् वृषबहादुरले बताए । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ०९:५१
Weather Update