News Griha :: न्यूजगृह
शान्ति प्रक्रियाबारे देश विभाजित देखाउन खोज्नु दुर्भाग्य : प्रधानमन्त्री प्रचण्ड
शान्ति प्रक्रियाबारे देश विभाजित देखाउन खोज्नु दुर्भाग्य : प्रधानमन्त्री प्रचण्ड मंगलबार संसद्मा महासचिव गुटेरेसको सम्बोधनपछि संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रियाको बारेमा राम्रो धारणा राखेता पनि नेपालकै नेताहरूले शान्ति प्रक्रियाबारे देश विभाजित देखाउन खोज्नु दुर्भाग्यपूर्ण रहेको बताएका हुन् । 
पीडित केन्द्रमा राखेर शान्ति प्रक्रिया छिटो टुङ्ग्याउनु पर्छ : ओली
पीडित केन्द्रमा राखेर शान्ति प्रक्रिया छिटो टुङ्ग्याउनु पर्छ : ओली मंगलबार संसद्मा महासचिव गुटेरेसको सम्बोधनपछि संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले शान्ति प्रक्रियालाई उपयुक्त ढंगले पीडित केन्द्रित भएर सङ्क्रमणकालीन न्याय पीडितहरूलाई उपलब्ध गराएर, छिटो समाधान गर्नुपर्ने बताए । 
शान्ति प्रक्रियालाई टुंग्याउने काममा त्रुटि भएको छ : अध्यक्ष नेपाल
शान्ति प्रक्रियालाई टुंग्याउने काममा त्रुटि भएको छ : अध्यक्ष नेपाल मंगलबार संसद्मा महासचिव गुटेरेसको सम्बोधनपछि संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले, नेपालले शान्ति प्रक्रियालाई टुंग्याउन ढिलाई भएको भन्दै प्रक्रिया टुंग्याउने काममा त्रुटि भएको बताएका हुन् ।  
असल चालचलन भन्दै कैद मिनाहा, ६ महिना नपुग्दै फेरि पक्राउ 
असल चालचलन भन्दै कैद मिनाहा, ६ महिना नपुग्दै फेरि पक्राउ  कैद छुट पाएर जेल मुक्त भएका व्यक्ति ६ महिना पनि नपुग्दै पुनः पक्राउ परेका छन् । गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा ५० प्रतिशत कैद छुट पाएर कैदमुक्त भएका चितवनका ५५ वर्षीय रामचन्द्र थापा फेरि पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरीको पेट्रोल पम्पले ठगी गरेको पुष्टि, एक लाख जरिवाना
सशस्त्र प्रहरीको पेट्रोल पम्पले ठगी गरेको पुष्टि, एक लाख जरिवाना कम परिमाणमा डिजेल बिक्री गरेर नापतौलमा ठगी गरेको भन्दै काठमाडौंको स्वयम्भूमा सशस्त्र प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्पलाई जरीवाना तिराइएको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाडौं कार्यालयले स्वयम्भुस्थित हलचोक फ्यूल सेन्टरलाई एक लाख रुपैयाँ जरिवानाको निर्णय गरेको हो ।
राष्ट्रिय सभाबाट पारित भयो नयाँ मर्यादाक्रम समेटिएको विधेयक [हेर्नुहोस् मर्यादाक्रमको सूची]
राष्ट्रिय सभाबाट पारित भयो नयाँ मर्यादाक्रम समेटिएको विधेयक [हेर्नुहोस् मर्यादाक्रमको सूची] राष्ट्रिय सभाले मर्यादाक्रम निर्धारण गर्ने विधेयक सर्वसम्मतले पारित गरेको छ । गैरसरकारी विधेयकका रूपमा राष्ट्रिय सभाका सांसदहरूले दर्ता गरेको राष्ट्रिय मर्यादासम्बन्धी विधेयकलाई राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मर्यदाक्रममा सामान्य संशोधन गरेको थियो ।
रोष्टममा उभिए गुटेरेस भने- सङ्क्रमणकालीन न्यायको विषय जटिल छ, तपाईंहरू एक्लै हुनुहुन्न [पूर्णपाठसहित]
रोष्टममा उभिए गुटेरेस भने- सङ्क्रमणकालीन न्यायको विषय जटिल छ, तपाईंहरू एक्लै हुनुहुन्न [पूर्णपाठसहित] संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्क्रमणकालीन न्यायको विषय नाजुक र जटिल रहेको भन्दै त्यसको टुंगो लगाउन नेपाल एक्लो नभएको बताएका छन् ।  नेपालको औपचारिक भ्रमणमा रहेका गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् । 
‘यो सानो देशले अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको छ’ : महासचिव गुटेरेस
‘यो सानो देशले अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको छ’ : महासचिव गुटेरेस तर अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको आदेशको आधारमा नेपालमा शान्ति प्रक्रियामा भएको प्रगति र समाधान खोज्ने प्रयासलाई उनले स्वागत गरे ।  शान्ति प्रक्रियालाई टुङ्गामा पुर्याउन काममा नेपाल एक्लो नरहेको उनको भनाई छ । 
डिल्लीराम खनाल पक्राउ, सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोप
डिल्लीराम खनाल पक्राउ, सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोप सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति दिएर चर्चामा आउने गरेका झापाका खनाललाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।
नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा
नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा टस जितेर मलेसियाले दिएको १६६ रनको चुनौती नेपालले चार विकेटको क्षतिमा भेटाएको थियो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रमक ब्याटिङ गरे ।
काभ्रेमा पराल बोकेको मिनी ट्रक दुर्घटना, २ को मृत्यु, १ जना घाइते
काभ्रेमा पराल बोकेको मिनी ट्रक दुर्घटना, २ को मृत्यु, १ जना घाइते जिल्लाको पनौती नगरपालिका–२ स्थित सिलाभन्ज्याङमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् ।मंगलबार दिउँसो २ बजेतिर पनौतीको कुशादेवीबाट नयाँगाउँतर्फ जाँदै गरेको बा ४ ख६७२३ पराल बोकेको ट्रक ब्रेक फेल भई सडकबाट करिब ६ सय मिटर तल खस्दा त्यसमा सवार २ जनाको...
Weather Update