नेपाली पर्वतारोही पाण्डेले गरे माउन्ट किलिमञ्जारोको सफल आरोहण बुधबार, कात्तिक १५, २०८०

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु बुधबार, कात्तिक १५, २०८० राजपुर गाउँपालिका-२ समयथान नजिकै गढवा–राजपुर हुलाकी सडकखण्डको भित्री सडकमा मंगलबार बेलुका लु ३ च ३८५३ नम्बरको तरकारी बोक्ने पिकअप भ्यानले रा २ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

प्रिन्सिपल स्वर्णकारको हत्यामा संलग्नलाई सार्वजनिक गरिँदै, हत्याको कारण विवाहेत्तर सम्बन्ध? बुधबार, कात्तिक १५, २०८० बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले प्रिन्सिपल स्वर्णकारको हत्यामा संलग्नलाई दिउँसो १ बजे सार्वजनिक गरिने जानकारी दिए । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले अहिलेसम्म १० जनालाई पक्राउ गरी सोधपुछ गरेको छ । सोधपुछका क्रममा संलग्नता पुष्टि भएकाहरूलाई बारा प्रहरीले दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागेको हो ।

राष्ट्रसङ्घका महासचिव गुटेरेस आज न्यूयोर्क फर्किँदै बुधबार, कात्तिक १५, २०८० नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बुधबार न्यूयोर्क फर्किँदै छन् । नेपालको चारदिने भ्रमणको सिलसिलामा महासचिव गुटेरेस आइतबार बिहान काठमाडौं आइपुगेका थिए ।

नक्कली प्रहरी पुर्पक्षको लागि कारागारमा बुधबार, कात्तिक १५, २०८० काठमाडौं जिल्ला अदालतले नक्कली प्रहरीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । ललितपुर गोदावरी नगरपालिका-६ टिकाभैरव घर भई काठमाडौंको टोखा नगरपालिका-११ भण्डारीटोल बस्ने २२ वर्षीय विश्व मल्ललाई अदालतले सोमबार पुर्पक्षको लागि कारागार पठाएको हो ।

जुवा खालबाट ९ जना कलाकार पक्राउ बुधबार, कात्तिक १५, २०८० शनिबार राति मैतीदेवीको डान्स फिभर नामक डान्स ट्रेनिङ सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीको सिंहदरबार वृत्तले अभिनेता गजित विष्ट, कोरियोग्राफर गम्भीर विष्ट, कलाकार सुलेमान शंकर (इकु), अभिनेता शंकर आचार्य, गायक चक्र बमलगायत ९ जनालाई पक्राउ गरेको हो ।

गाजाको शरणार्थी शिविरमा विस्फोट, ५० जनाको मृत्यु बुधबार, कात्तिक १५, २०८० उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा भएको विस्फोटमा परी कैयौँ मानिसको मृत्यु भएको छ । हमास शासित स्वास्थ्य मन्त्रालय र नजिकैको इन्डोनेसियाली अस्पतालले विस्फोटमा परी कम्तीमा ५० जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

रिगललाई आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज पनि बुधबार, कात्तिक १५, २०८० न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मंगलबार भएको सुनुवाइमा सरकारी पक्षले बहस भएको थियो । महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गरेका थिए । आज बाँकी सुनुवाइ हुनेछ ।

एमालेको चियापान आज बुधबार, कात्तिक १५, २०८० दसैँ, तिहार, छठ लगायत पर्वहरूको अवसरमा ओलीले आज चियापान आयोजना गर्न लागेका हुन् । हिजो गर्ने भनिएको चियापान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै आजका लागि सारिएको कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
तिहारमा पनि चिनी अभाव हुने बुधबार, कात्तिक १५, २०८० उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन भन्सार छुटमा चिनी खरिद गर्न असफल भएसँगै अनुदानको चिनी नआउने निश्चित भएको हो।

आजको मौसम : पहाडमा चट्याङ्गसहित हल्का वर्षा, हिमालमा हिमपात बुधबार, कात्तिक १५, २०८० जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशभर आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

डिजेल र मट्टीतेलको मूल्य घट्यो मंगलबार, कात्तिक १४, २०८० नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु उनले बताए ।

कोशी प्रदेश सरकारमा जसपा सहभागी नहुने, समर्थन यथावत् मंगलबार, कात्तिक १४, २०८० कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सहमतिको सरकार बनाउने भनिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी नहुने भएको छ । सुनसरीको इटहरीमा मंगलबार बसेको जसपाको प्रदेश कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको हो । जसपा प्रदेश कमिटी अध्यक्ष दीपक याक्खाका अनुसार बैठकले पार्टी तत्काल कोशी प्रदेश सरकारमा...









