News Griha :: न्यूजगृह
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दाङ— दाङमा तरकारी बोकेको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

राजपुर गाउँपालिका-२ समयथान नजिकै गढवा–राजपुर हुलाकी सडकखण्डको भित्री सडकमा मंगलबार बेलुका लु ३ च ३८५३ नम्बरको तरकारी बोक्ने पिकअप भ्यानले रा २ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक राजपुर गाउँपालिका–२ बेलाका २४ वर्षीय श्रवणकुमार यादवलाई उपचारका लागि  ८ बजे लमही अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको दाङका एसपी रामबहादुर केसीले जानकारी दिए ।

 दुर्घटनामा परि मोटरसाइकलको पछाडि बसेकी राजपुर – २ की  २६ वर्षीया सविना यादव छन् । उनको लमही अस्पतालमा उपचार भइरहेको एसपी केसीले जानकारी दिए । ठक्कर दिने गाडी र  चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ०८:४८
Weather Update