News Griha :: न्यूजगृह
संसद् बैठक बस्दै, अधिवेशन अन्त्यको तयारी, शीर्ष नेताले सम्बोधन गर्ने
संसद् बैठक बस्दै, अधिवेशन अन्त्यको तयारी, शीर्ष नेताले सम्बोधन गर्ने बुधबार सभामुख देवराज घिमिरेको नेतृत्वमा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । जसमा प्रतिनिधि सभा बैठकमा दलका प्रमुख नेताहरुले सम्बोधन गर्ने लगायतका कार्यसूचीको बारेमा छलफल भएको थियो ।
आजदेखि सरकारी कार्यालय अपरान्ह ४ बजे नै बन्द हुने
आजदेखि सरकारी कार्यालय अपरान्ह ४ बजे नै बन्द हुने बिहीबार (कात्तिक १६) देखि सरकारी कार्यालयहरूको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले वर्षका ३ महिना कार्यालय समय ६ घण्टा मात्रै तोकेको छ । 
समूह चरणको अन्तिम खेलमा आज नेपालले ओमनसँग खेल्दै, समूह विजेता बन्ने होड
समूह चरणको अन्तिम खेलमा आज नेपालले ओमनसँग खेल्दै, समूह विजेता बन्ने होड समूह  'ए'मा रहेका दुवै टीम सेमिफाइनल प्रवेश गरिसकेका छन् । यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । समूहका अघिल्ला खेलमा दुबै टोलीले सिंगापुर र मलेसियालाई पराजित गरेका थिए । 
'गुण्डा' रिगलको आममाफीविरुद्धको मुद्दामा आज सर्वोच्चले फैसला सुनाउँदै
'गुण्डा' रिगलको आममाफीविरुद्धको मुद्दामा आज सर्वोच्चले फैसला सुनाउँदै सुनुवाइ भने बुधबार नै सकिएको थियो । कायममुकायम प्रधानन्यायाधीश न्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा बिहीबार निर्णय सुनाउने जानकारी दिएको हो ।
कस्तो रहला बिहीबारको मौसम ? 
कस्तो रहला बिहीबारको मौसम ?  बिहीबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।
प्रिन्सिपल हत्या प्रकरण : अनुसन्धानप्रति पीडित परिवार असन्तुष्ट, गलत सूचना दिएर प्रहरीले भ्रम फैलाएको दाबी
प्रिन्सिपल हत्या प्रकरण : अनुसन्धानप्रति पीडित परिवार असन्तुष्ट, गलत सूचना दिएर प्रहरीले भ्रम फैलाएको दाबी पीडित परिवारले बुधबार प्रेस विज्ञप्ति जारी गरेर प्रेम सम्बन्धलाई देखाएर पीडित परिवारको चरित्र हत्या गर्न खोजेको आरोप लगाएको हो ।
पुष्पमेलामा व्यापार नहुँदा व्यवसायी खिन्न
पुष्पमेलामा व्यापार नहुँदा व्यवसायी खिन्न तिहार आउन दुई साता बाँकी रहँदा भृकुटीमण्डपमा फूलको उत्सव चलिरहेको छ । नर्सरी व्यवसायी सङ्घले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो’ मा अवलोकनकर्ताको भीड लागे पनि फूलको सोचेजस्तो बिक्री नभएपछि व्यवसायी खिन्न भएका छन् । 
पर्यटकको 'फ्लो' बढ्यो, इतिहासकै रेकर्ड ब्रेक
पर्यटकको 'फ्लो' बढ्यो, इतिहासकै रेकर्ड ब्रेक अक्टोबरमा सबैभन्दा बढी भारतबाट १८ हजार ४८०, अमेरिकाबाट १४ हजार ८७९, बेलायतबाट ८ हजार २१७, चीनबाट ६ हजार ८८०, अष्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९११, फ्रान्सबाट ५ हजार २७१, बङ्गलादेशबाट ४ हजार २९२, श्रीलङ्काबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ पर्यटक नेपाल आएका छन् ।
मानव अधिकार आयोग 'ए' श्रेणीमै
मानव अधिकार आयोग 'ए' श्रेणीमै नेपालको राष्ट्रिय मानव अधिकार आयोग 'ए' श्रेणीमा कायम रहेको छ । मानव अधिकार आयोगहरूको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी) ले गठन गरेको एक समितिले बुधबार नेपालको मानव अधिकार आयोग ए श्रेणीमै रहने निर्णय गरेको हो ।
सामूहिक हत्या प्रकरण : पोस्टमार्टम भएको चार दिन भइसक्यो तर पीडित परिवारले शव बुझेन
सामूहिक हत्या प्रकरण : पोस्टमार्टम भएको चार दिन भइसक्यो तर पीडित परिवारले शव बुझेन मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा भएको सामूहिक हत्या प्रकरणका पीडित परिवारले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसकेको भन्दै मृतकको पोस्टमार्टम भएको चार दिनबितिसक्दा पनि शव बुझ्न मानेका छैनन् । मुन्दुगाउँमा सामूहिक हत्या भएको एक हप्ता भयो ।
रिगलको मुद्दामा सर्वोच्चले भोलि निर्णय सुनाउने
रिगलको मुद्दामा सर्वोच्चले भोलि निर्णय सुनाउने कायमुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्धय सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले बिहीबार निर्णय सुनाउने आदेश दिएको सर्वोच्च अदालतका  सहायक प्रवक्ता गोविन्द घिमिरेले बताए ।
प्रिन्सिपल रूपेशलाई गोली हान्न पेसेवर सुटर प्रयोग, हत्यामा संलग्न सार्वजनिक
प्रिन्सिपल रूपेशलाई गोली हान्न पेसेवर सुटर प्रयोग, हत्यामा संलग्न सार्वजनिक बाराको कलैया उपमहानगरपालिका-६ मदर्शा टोलमा बाल एकता इङ्गलिस बोडिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक ३५ वर्षीय गुड्डु भन्ने रूपेश स्वर्णकारको गोली प्रहारबाट हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
Weather Update