News Griha :: न्यूजगृह
रिगलको मुद्दामा सर्वोच्चले भोलि निर्णय सुनाउने

काठमाडौं— संविधान दिवसमा कैद सजाय मिनाहा पाएका योगराज उर्फ रिगल ढकालको मुद्दामा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउने भएको छ ।

कायमुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्धय सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले बिहीबार निर्णय सुनाउने आदेश दिएको सर्वोच्च अदालतका  सहायक प्रवक्ता गोविन्द घिमिरेले बताए ।

बाँकेका रिगलको कैद सजाय मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमाथि मंगलबार र बुधबार सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो ।

पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती शेर्पाले रिगलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएकी हुन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १७:१९
Weather Update