काठमाडौं— पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक भएको छ । सन् २०२३ अक्टोबर महिनामा नेपाल आएका पर्यटकको सङ्ख्याले रेकर्ड बनाएको हो ।
पर्यटन बोर्डका अनुसार हवाई मार्गबाट अक्टोबर महिनामा १ लाख १७ हजार ३०७ पर्यटक नेपाल घुम्न आएका छन् । यो एक महिनामा नेपाल आएका पर्यटकको संख्या हालसम्मकै उच्च हो । सन् २०२२ को सोही अवधिमा ८८ हजार ५८२ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा १ लाख १३ हजार ८१६ पर्यटक नेपाल आए ।
अक्टोबरमा सबैभन्दा बढी भारतबाट १८ हजार ४८०, अमेरिकाबाट १४ हजार ८७९, बेलायतबाट ८ हजार २१७, चीनबाट ६ हजार ८८०, अष्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९११, फ्रान्सबाट ५ हजार २७१, बङ्गलादेशबाट ४ हजार २९२, श्रीलङ्काबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ पर्यटक नेपाल आएका छन् ।
तथ्याङ्कअनुसार सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा ८ लाख ९ हजार ६७८ पर्यटक भित्रिएका छन् ।