News Griha :: न्यूजगृह
'गुण्डा' रिगलको आममाफीविरुद्धको मुद्दामा आज सर्वोच्चले फैसला सुनाउँदै

काठमाडौं— सर्वोच्च अदालतले 'गुण्डा' योगराज ढकाल उर्फ रिगलको कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धको मुद्दामा बिहीबार निर्णय सुनाउने भएको छ ।

सुनुवाइ भने बुधबार नै सकिएको थियो । कायममुकायम प्रधानन्यायाधीश न्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा बिहीबार निर्णय सुनाउने जानकारी दिएको हो ।

संविधान दिवसका अवसरमा गत असोज ३ मा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए । ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ०६:३४
Weather Update