महङ्गी नियन्त्रण गर्न नसक्नु सरकारको अकर्मण्यता : सांसद गौतम बिहीबार, कात्तिक १६, २०८०

सदनमा कांग्रेस सांसद गौतमको सरकारप्रति व्यङ्ग्य : नबोलेरै बिताए शून्य समय बिहीबार, कात्तिक १६, २०८० पाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले, संसद्मा उठेका कुराप्रति सरकार गैर जिम्मेवार बनेको विषयमा व्यङ्ग्य गर्दै शून्य समयमा नबोलेरै आफ्नो समय कटाएका छन् ।

नेपाल ओमनसँग ५ रनले पराजित, सेमिफाइनल यूएईसँग खेल्ने बिहीबार, कात्तिक १६, २०८० कीर्तिपरस्थित टीयू मैदानमा ओमनले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो ।

एक सातामै १२ हजार चालक कारबाहीमा बिहीबार, कात्तिक १६, २०८० कार्यालयका अनुसार यही दसैँ लगत्तै कात्तिक ९ देखि बिहीबार बिहानसम्म गरिएको कारबाही अभियानका क्रममा उनीहरूलाई कारबाही गरिएको हो ।

ओमनविरूद्ध नेपालले गुमायो तेस्रो विकेट बिहीबार, कात्तिक १६, २०८० नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेख ५ रन र सोमपाल कामी १२ रन बनाएर आउट भएका छन्। यस्तै छैटौँ ओभरमा कुशल मल्ल २६ रनमा मेहरान खानबाट बोल्ड भएका छन् । नेपालले ६ ओभरमा ३ विकेट गुमाउँदा ४६ रन जोडेको छ ।

इम्जा हिमतालमाथि चार फन्को लगाएका थिए गुटेरेसले बिहीबार, कात्तिक १६, २०८० संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस जब सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमाथि पुगे, उनी चढेको सैनिक हेलिकोप्टरले एउटा विशाल तालमाथि चार फन्को लगायो । अनि बल्ल हेलिकोप्टर आधार शिविरको हेलिप्याडमा उत्रियो, जहाँ सांस्कृतिक पहिरनसहित हिमाली शेर्पाहरु र जनप्रतिनिधि उनको स्वागत गर्न लामबद्ध थिए ।

ओमनले नेपाललाई दियो १४६ रनको लक्ष्य बिहीबार, कात्तिक १६, २०८० नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।

अक्टोपस झरना बिहीबार, कात्तिक १६, २०८०

संसद्को वर्षे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय बिहीबार, कात्तिक १६, २०८० बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चालु संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

नियन्त्रित लागूऔषधसहित पोखराबाट दुई जना पक्राउ बिहीबार, कात्तिक १६, २०८० जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार पोखरा महानगरपालिका–१७ हरियाली टोलबाट २४ वर्षीय सुनिल पौडेललाई नियन्त्रणमा लिएको हो ।

गत वर्ष ६ लाख आम्दानी, यसपालि १२ लाखको कागती बोटमै बिहीबार, कात्तिक १६, २०८० यसपालि बजार अभावका कारण कागती बोटमै छन् । कागतीले बजार नपाउँदा पौडेल चिन्तित छन् । ‘गत वर्ष कागती बिक्रीबाट राम्रै आम्दानी भएको थियो,’ उनले भने, ‘यस वर्ष सिजन मै बजार पाउन सकेको छैन, बजार नपाएकै कारण कागती बोटमै छ ।’

ओमनविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो बिहीबार, कात्तिक १६, २०८० ओमनको टीममा भने दुई परिवर्तन गरिएको छ । मोहमद नदिम र अहमद पयज बटको स्थानमा मोहमद नसिम र कलिमुल्लाह प्लेइङ ११ मा छन् ।









