News Griha :: न्यूजगृह
ओमनविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं—  आईसीसी टी—२० विश्वकप एसिया छनोट अन्तर्गत ओमन विरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ ।

कप्तान रोहित पौडेलले  त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोज्दै ओमनलाई ब्याटिङको निम्तो दिएका छन् । नेपाल र ओमन यसअघि लगातार दुई खेल जित्दै सेमिफाइनल पुगिसकेकाले आजको खेलले समूह विजेता र समूह उपविजेताको टुङ्गो लाग्ने छ ।

नेपाली टीममा कुनै परिवर्तन गरिएको छैन । नेपालको प्लेइङ ११ मा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलसन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन्  । 

ओमनको टीममा भने दुई परिवर्तन गरिएको छ । मोहमद नदिम र अहमद पयज बटको स्थानमा मोहमद नसिम र कलिमुल्लाह प्लेइङ ११ मा छन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ०९:०५
Weather Update