News Griha :: न्यूजगृह
ओमनविरूद्ध नेपालले गुमायो तेस्रो विकेट

काठमाडौं— आईसीसी टी–२० विश्वकप एसिया छनोटमा ओमनले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभर सकिदाँ ३ विकेट गुमाएको छ । 

नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेख ५ रन र सोमपाल कामी १२ रन बनाएर आउट भएका छन्। यस्तै छैटौँ ओभरमा कुशल मल्ल २६ रनमा मेहरान खानबाट बोल्ड भएका छन् । नेपालले ६ ओभरमा ३ विकेट गुमाउँदा ४६ रन जोडेको छ ।

नेपालका लागि रोहित पौडेल र कुशल मल्ल ब्याटिङ गरिरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ११:२५
Weather Update