News Griha :: न्यूजगृह
नियन्त्रित लागूऔषधसहित पोखराबाट दुई जना पक्राउ

काठमाडौं— जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रित लागूऔषध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार पोखरा महानगरपालिका–१७ हरियाली टोलबाट २४ वर्षीय सुनिल पौडेललाई नियन्त्रणमा लिएको हो ।

स्याङ्जाको आँधिखोला गाउँपालिका–५ का पौडेलको साथबाट नाइट्राभेट ५३ ट्याबलेट लागूऔषध फेला परेको हो। यस्तै प्रहरीले स्याङ्जाकै वालिङ नगरपालिका–५ स्थायी घर भएका २३ वर्षीय किशोर गुरुङलाई पनि नियन्त्रणमा लिएको छ।

पोखरा महानगरपालिका–७ माछापुच्छ्रे मार्ग बस्ने गुरुङको साथबाट दुई हजार तीन सय ४० ट्याबलेट नाइट्राभेट फेला परेको कास्की प्रहरीले जनाएको छ।  

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १०:०८
Weather Update