ओमनविरुद्ध नेपालको सानदार बलिङ

काठमाडौं– टी–२० विश्वकप छनोट खेलको सेमिफाइनलमा ओमनविरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ । पावर प्ले सकिँदा नेपालले चार विकेट लिएको छ । सोमपाल कामीले दुई, करण केसी र गुल्सन झाले एक–एक विकेट लिएका छन् ।
सोमपालले ३.१ ओभरमा अकिब इलियास र ५.४ ओभरमा शोयब खानलाई आउट गराए । गुलसन झाले पाँचौं ओभरको अन्तिम बलमा झाले ओमनका ओपनर प्रतिक श्रीकान्त अथावलेलाई आउट गरे । झाले प्रतीकलाई कप्तान रोहित पौडेलबाट क्याच आउट गराए ।
ओमनविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालका लागि करण केसीले पहिलो ओभरको पाँचौं बलमै विकेट लिएका छन् । ओमनका कश्यप प्रजापतिलाई करणले आउट गराए ।
८ ओभर सकिँदा ओमनले ५९ रन जोडेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८० ०९:५३