संघीय संसद्को चालु अधिवेशन राति १२ बजेबाट स्वत: अन्त्य बिहीबार, कात्तिक १६, २०८०
![कैदकट्टी वा मिनाहा गर्दा पीडितको सहमति लिनुपर्ने [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/Suprem Court21690453902.jpg)
कैदकट्टी वा मिनाहा गर्दा पीडितको सहमति लिनुपर्ने [पूर्णपाठ] बिहीबार, कात्तिक १६, २०८० सर्वोच्च अदालतले कैदकट्टी गर्ने, कम गर्ने, छोट्याउने वा मिनाहा दिने जस्ता काम कारबाही र निर्णय गर्दा पीडितको सहमति लिन आदेश दिएको छ । कानुनद्वारा निर्धारित प्रतिशतको सीमा बन्देजको अतिरिक्त पीडितको हक संरक्षित रहने गरी निजको सहमति मन्जुरी समेत लिई सजाय कम गर्ने वा घटाउने, छुट दिने निर्णय गर्न आदेश दिएको...

पक्राउ परे रिगल, पुनः कारागार चलानको तयारी बिहीबार, कात्तिक १६, २०८० सर्वोच्च अदालतले कैद माफी बदर गर्न परमादेश दिएपछि प्रहरीले व्यक्ति हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई पक्राउ गरेको छ । सर्वोच्चबाट बिहीबार आदेश आएको केही घण्टामै प्रहरीले रिगललाई नेपालगन्जस्थित सेतु बिक चोकबाट पक्राउ गरेको डीएसपी नारायण डाँगी जानकारी दिए ।

रिगललाई खोज्दै प्रहरी बिहीबार, कात्तिक १६, २०८० सर्वोच्च अदालतले बिहीबार रिगललाई पक्राउ गरी थुनामै राख्न परमादेश दिएको थियो । सर्वोच्चले उक्त आदेश दिएपछि रिगलको खोजी सुररु गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले बताए ।

नेपालीलाई विदेशमा बिक्री गर्ने काम बन्द गर्नुपर्छ : सांसद भण्डारी बिहीबार, कात्तिक १६, २०८० बिहीबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरूसँग बोल्दै उनले नेपालीहरू बाहिर जाने काम बन्द गर्नका लागि रोजगारी सिर्जना गर्नुपर्ने भन्दै त्यसका लागि राष्ट्रिय एजेण्डा बनाएर अगाडि बढ्नु पर्ने बताए ।

रिगललाई दिइएको आममाफी बदर, अझै करीब १२ वर्ष कैद असुलउपर गर्न परमादेश बिहीबार, कात्तिक १६, २०८० अझै ११ वर्ष ११ महिना ५ दिन कैद असुलउपर गर्नका लागि रिगललाई तत्काल पक्राउ गर्न परमादेश जारी भएको रिट निवेदक पक्षका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए ।

शान्ति प्रक्रियाको बाँकी काममा अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुन्छ : उपमहासचिव पुन बिहीबार, कात्तिक १६, २०८० नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले शान्ति प्रक्रियाको बाँकी कामका लागि अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गरेका छन् ।

'६ महिनामा ६ करोड खर्चेर संसद्ले एउटा मात्रै कानुन बनायो' बिहीबार, कात्तिक १६, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ६ महिनाको अवधिमा संघीय संसदले करिब ६ करोड रुपैयाँ खर्च गरेर एउटा मात्रै कानुन बनाएको बताएका छन् ।
![वर्षे अधिवेशनको अन्तिम बैठक [लाइभ]](https://newsgriha.com/uploads/posts/parliament-new-1698910658.jpg)
वर्षे अधिवेशनको अन्तिम बैठक [लाइभ] बिहीबार, कात्तिक १६, २०८०

संविधान असफल बनाउने छुट कसैलाई छैन : प्रमुख सचेतक लेखक बिहीबार, कात्तिक १६, २०८० नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद रमेश लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई नभएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संविधान असफल भए मुलुक अत्यन्त अनिष्टकारी र विषम परिस्थितिमा पुग्ने भन्दै संविधानलाई असफल बनाउने छुट कसैलाई नभएको बताएका हुन् ।

धरौटीमा छुटे जुवाडे कलाकारहरू बिहीबार, कात्तिक १६, २०८० यसरी रिहा हुनेमा अभिनेता ४५ वर्षीय गजित भन्ने गणेश विष्ट, उनका भाइ कोरियोग्राफर नरेन्द्र विष्ट (गम्भीर), कलाकार सुलेमान शंकर (इकु), अभिनेता शंकरप्रसाद आचार्य, गायक चक्र बम, रोशन सिंह, टाइम मगर, सुरेन्द्र साउद र घनश्याम अधिकारी छन् ।

बारामा एक महिलाको शव फेला, हत्याको आशंका बिहीबार, कात्तिक १६, २०८० बारामा एक जना महिलाको शव फेला परेको छ। जितपुर-सिमरा उपमहानगरपालिका– ६ स्थित चौरीमा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । स्थानीयले शव देखेपछि बिहीबार बिहान प्रहरीलाई खबर गरेका थिए ।

युद्ध दिवस मनाउनु उचित होइन : एमाले बिहीबार, कात्तिक १६, २०८० बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले फागुन १ गते बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने बताए । ‘यदि यो सरकारलाई फागुन १ गते युद्ध दिवस मनाउनु ठीक हो भन्ने लाग्छ भने यो सदनमा प्रस्तुत गरेर पारित गरोस्’ उनले प्रश्न गरे, ‘त्यसको परीक्षण गर्न सरकार तयार छ रु...









