News Griha :: न्यूजगृह
रिगललाई खोज्दै प्रहरी 

काठमाडौं— नेपाल प्रहरीले बाँकेका योगराज ढकाल (रिगल) को खोजी भइरहेको बताएको छ ।

सर्वोच्च अदालतले बिहीबार रिगललाई पक्राउ गरी थुनामै राख्न परमादेश दिएको थियो । सर्वोच्चले उक्त आदेश दिएपछि रिगलको खोजी सुररु गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले बताए । 

‘उनको खोजी सुरू गरिसकिएको छ, सकेसम्म छिटो नियन्त्रणमा लिई सम्बन्धित ठाउँमा बुझाउँछौं,’ उनले भने । सरकारको सिफारिसमा रिगललाई राष्ट्रपति रामचन्द्र पौडेलले गत असोज ३ गते आममाफी दिएका थिए ।

रिगलले २०७२ असार २८ गते बाँकेको नेपालगञ्जस्थित धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए । सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकी छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १६:१५
Weather Update