News Griha :: न्यूजगृह
रिगललाई दिइएको आममाफी बदर, अझै करीब १२ वर्ष कैद असुलउपर गर्न परमादेश

काठमाडौं— सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णय बदर गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले बिहीबार रिगललाई तत्काल पक्राउ गर्न परमादेश समेत दिएको छ ।

अझै ११ वर्ष ११ महिना ५ दिन कैद असुलउपर गर्नका लागि रिगललाई तत्काल पक्राउ गर्न परमादेश जारी भएको रिट निवेदक पक्षका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए । 

बाँकेका चेतन मानन्धरको हत्यामा तीनै तहका अदालतले रिगललाई जन्मकैदको सजाय गरेको भए पनि संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।

तर सर्वोच्चले उक्त निर्णय बदर गरिदिए पछि रिगल अब पुनः जेल जानेछन् । राष्ट्रपतिको निर्णय बदर गरी रिगललाई पुनः जेल पठाउनुपर्ने माग गर्दै चेतनकी पत्नी भारती शेर्पाले रिट दिएकी थिइन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १५:४६
Weather Update