News Griha :: न्यूजगृह
धरौटीमा छुटे जुवाडे कलाकारहरू

काठमाडौं— जुवा खेल्दाखेल्दै पक्राउ परेका ९ जना कलाकार धरौटी बुझाएर छुटेका छन् ।

यसरी रिहा हुनेमा अभिनेता ४५ वर्षीय गजित भन्ने गणेश विष्ट, उनका भाइ कोरियोग्राफर नरेन्द्र विष्ट (गम्भीर), कलाकार सुलेमान शंकर (इकु), अभिनेता शंकरप्रसाद आचार्य, गायक चक्र बम, रोशन सिंह,  टाइम मगर, सुरेन्द्र साउद र घनश्याम अधिकारी छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई जनही १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । काठमाडौं प्रहरीले कात्तिक ११ गते उनीहरूलाई मैतीदेवीबाट पक्राउ गरेको थियो ।

मैतीदेवीको डान्स फिभर नामक डान्स ट्रेनिङ सेन्टरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई एक लाख ९० हजार ९२० रुपैयाँसहित पक्राउ गरेको थियो ।    

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १४:०२
Weather Update