भाग्ने तयारीमा थिए रिगल
पक्राउ परे रिगल, पुनः कारागार चलानको तयारी

काठमाडौं— सर्वोच्च अदालतले कैद माफी बदर गर्न परमादेश दिएपछि प्रहरीले व्यक्ति हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई पक्राउ गरेको छ ।
सर्वोच्चबाट बिहीबार आदेश आएको केही घण्टामै प्रहरीले रिगललाई नेपालगन्जस्थित सेतु बिक चोकबाट पक्राउ गरेको डीएसपी नारायण डाँगी जानकारी दिए ।
यो पनि पढ्नुहोस
दिनदहाडै खुँडा हानेर युवकको हत्या गर्ने गुण्डालाई आममाफी
सर्वोच्च अदालतबाट राष्ट्रपतिले दिएको सजाय माफीविरुद्धको मुद्दामा आदेश आएलगत्तै रिगल मोबाइल स्वीच अफ गरेर भाग्ने तयारीमा रहेको प्रहरी स्रोतले बतायो ।
तर, उनको निगरानी गरिरहेको प्रहरीले आदेशलगत्तै नेपालगन्जबाटै पक्राउ गरी पुनः कारागार चलानको तयारी गरेको छ ।
यो पनि पढ्नुहोस
रिगललाई दिइएको आममाफी बदर, अझै करीब १२ वर्ष कैद असुलउपर गर्न परमादेश
रिगललाई खोज्दै प्रहरी
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८० १७:१२













