News Griha :: न्यूजगृह
बारामा एक महिलाको शव फेला, हत्याको आशंका 

काठमाडौं— बारामा एक जना महिलाको शव फेला परेको छ । जितपुर-सिमरा उपमहानगरपालिका– ६ स्थित चौरीमा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । स्थानीयले शव देखेपछि बिहीबार बिहान प्रहरीलाई खबर गरेका थिए ।

अन्दाजी २५ वर्षीय उमेरकी ती महिलाको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । ‘शव सड्न सुरु भइसकेको छ । झाडीमा शव फेला परेको हो । ‘घटना शंकास्पद देखिन्छ, हत्याको आशंका छ,’ उनले भने ।

घटना अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली समेत खटिएको उनले बताए । शवलाई प्रादेशिक अस्पताल कलैयामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी न्यौपानेको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १३:३५
Weather Update