News Griha :: न्यूजगृह
विश्वकपमा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डको बधाई
विश्वकपमा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डको बधाई सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री प्रचण्डले टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई दिदैँ प्राप्त सफलता प्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान प्रकट गरेका छन् । 
यूएईलाई पराजित गर्दै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट
यूएईलाई पराजित गर्दै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट पाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । 
ओमन विश्वकपमा छनोट
ओमन विश्वकपमा छनोट ओमनले फाइनल नेपालसँग खेल्नेछ । फाइनलमा पुग्दै दुवै टोली विश्वकपमा छनोट भएका छन् । 
मुगु हत्याकाण्डको अनुसन्धान गर्न सीआईबीको टोली जाने
मुगु हत्याकाण्डको अनुसन्धान गर्न सीआईबीको टोली जाने मुगुको छाँयानाथ रारा नगरपालिकामा एकै परिवारका ४ जनाको हत्या भएको घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) जाने भएको छ । कार्तिक १० मा छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा र ३ जना छोराछोरी हत्या गरिएको अवस्थामा मृत भेटिएका थिए । 
रिगल कारागार चलान, ११ वर्ष ११ महिना ५ दिन जेलमै रहने
रिगल कारागार चलान, ११ वर्ष ११ महिना ५ दिन जेलमै रहने योगराज ढकाल अर्फ रिगल लाई थप सजाय भुक्तान गराउन जिल्ला अदालत बाँके पठाइएको छ । सर्वोच्च अदालतको आदेशपछि बिहीबार पक्राउ परेका रिगललाई प्रहरीले शुक्रबार अदालतमा पेश गरेको थियो । जिल्ला अदालत बाँकेले रिगललाई जिल्ला कारागार पठाएको हो । 
नेपालले पायो १३५ रनको लक्ष्य
नेपालले पायो १३५ रनको लक्ष्य टी–२० विश्वकप छनोटका लागि नेपालले जितका लागि १३५ रनको लक्ष्य पाएको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो ।
तीव्र गतिको मोटरसाइकल बिग्रिएको ट्रकमा ठोक्किँदा २ युवाको मृत्यु
तीव्र गतिको मोटरसाइकल बिग्रिएको ट्रकमा ठोक्किँदा २ युवाको मृत्यु सर्लाहीको लालबन्दीमा तीव्र गतिको मोटरसाइकल सडकमा रोकिराखेको ट्रकका ठोक्किँदा दुई युवाको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका— १७ स्थित कालिञ्जोर पुल नजिक गएराति भएको उक्त दुर्घटनामा हरिवन नगरपालिका–११ का दुई युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 
सूर्य झुल्किँदाको अलौकिक दृश्य हेर्न जाने ?  
सूर्य झुल्किँदाको अलौकिक दृश्य हेर्न जाने ?   हुन त इलाममा धेरै पर्यटकीय गन्तव्य छ तर अन्तुमा जस्तो सडकको सहजता सबै पर्यटकीय स्थलमा छैन । अन्तुडाँडाबाट बिहान हेरिने सूर्योदय लोभलाग्दो हुन्छ । बङ्गालको खाडीबाट उदाउने सूर्य झुल्किँदाको अलौकिक दृश्य देखिन्छ ।  
एनआईसी एसिया बैंकको नाफामा ४२ प्रतिशत गिरावट
एनआईसी एसिया बैंकको नाफामा ४२ प्रतिशत गिरावट बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार समीक्षा अवधिमा नाफा ४२ प्रतिशतले घटेको छ । चालु  आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले खुद १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ ।
सोमपालले लिए एकै ओभरमा दुई विकेट
सोमपालले लिए एकै ओभरमा दुई विकेट  टी–२० विश्वकप छनोट खेलमा यूएईको नेपालले एकै ओभरमा दुई विकेट लिएको छ । सोमपाल कामीको बलमा कप्तान मोहमद वासिम र अर्का ओपनर खालिद साह आउट भएका हुन् ।
सुनको भाउ बढ्यो, कतिमा हुँदैछ किनबेच? 
सुनको भाउ बढ्यो, कतिमा हुँदैछ किनबेच?  साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला सात सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो ।
रामेछापमा तारा एअरका दुई पाइलटबीच कुटाकुट
रामेछापमा तारा एअरका दुई पाइलटबीच कुटाकुट तारा एअरका प्रवक्ता सुर्दशन बर्तौलाले घटनाबारे छानविन भइरहेको बताए । ‘यो झगडा उनीहरूको व्यक्तिगत विषयमा भएको देखिन्छ । एअरलायन्स र उडानसँग सम्बन्धित होइन,’ उनले भने, ‘यसबारेमा कम्पनी अनुसन्धान अघि बढाइसकेको छ ।’
Weather Update