भूकम्पमा परी जाजरकोटमा ३४ जनाको मृत्यु, १०० बढी घाइते शनिबार, कात्तिक १८, २०८०

भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु शनिबार, कात्तिक १८, २०८० भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । उनका अनुसार नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो । उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

भूकम्पको केन्द्र जमिनबाट १० किलोमिटर मुनि, चार घण्टामा ४ रेक्टर स्केल माथिका तीनवटा परकम्प शनिबार, कात्तिक १८, २०८० राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि चार घण्टाको अवधिमा ४ रेक्टर स्केलभन्दा माथिका तीनवटा परकम्प गएका छन् ।

भूकम्पका घाइतेको उद्धार र राहतमा सक्रिय रुपमा जुट्न प्रधानमन्त्रीको निर्देशन शनिबार, कात्तिक १८, २०८० जाजरकोटमा शुक्रबार राती गएको भूकम्पमा ठूलो मानवीय र भौतिक क्षति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनवटै सुरक्षा निकायलाई उद्धार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिएका छन् ।

भूकम्पमा घाइते भएकाको उद्धारका लागि हेलिकप्टर पठाउने सरकारको तयारी शनिबार, कात्तिक १८, २०८० सरकारले जाजरकोट र रुकुमका भूकम्पप्रभावितको उद्धार र राहतका लागि स्वास्थ्यकर्मीसहित हेलिकप्टर पठाउने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको हेलो सरकारले तत्काल हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको हो ।

मध्यरातमा रुकुम पश्चिम र जाजरकोटमा भूकम्प, ५० जनाको मृत्यु शनिबार, कात्तिक १८, २०८० राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको बताए । ‘जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ’, उनले भने । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुस भएको थियो । क्षतिको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त...

रेखा थापाको ‘उपहार’: गीतसँगै प्रदर्शन मिति घोषणा शुक्रबार, कात्तिक १७, २०८० बाबुल गिरी र एलिना चौहानको स्वरमा फिल्म ‘उपहार’को पहिलो गीत ‘वाह वाह’ सार्वजनिक भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको यो गीत रोमान्टिक र डान्सिङ महसुस हुन्छ ।

एमालेकै एजेण्डा अनुसार कोशीमा सहमतीय सरकार बनाउन प्रयास गरेको हुँ : मुख्यमन्त्री कार्की शुक्रबार, कात्तिक १७, २०८० कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूले सहमतीय सरकार बनाउने प्रयास गरेको बताएका छन् । उनले आफूले पूर्वमुख्यमन्त्री हिक्मत कार्की कै एजेण्डा अनुसार सहमतीय सरकार बनाउन माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएको बताए ।

कोशीमा मन्त्रिपरिषद् विस्तार, को-को भए मन्त्री? शुक्रबार, कात्तिक १७, २०८० नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार नै पद तथा गोपनियताको शपथ गराएका छन् । नेकपा एमालेको समर्थनमा कांग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीले कांग्रेस विद्रोही पक्षबाट शमशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

कोशी सरकारबाट एमाले बाहिरिने शुक्रबार, कात्तिक १७, २०८० एमाले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूलाई मन्त्री नियुक्त गरेपछि प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

तारा एअरका दुई पाइलट कुटाकुट प्रकरणपछि विमानस्थल प्रमुख पनि निलम्बित शुक्रबार, कात्तिक १७, २०८० नागरिक उड्डयन प्राधिकरणले मन्थली विमानस्थलका प्रमुख अशोक थापालाई निलम्बन गरेको छ । प्राधिकरणले शुक्रबार विमानस्थल परिसरमा तारा एअरका दुई पाइलटबीच भएको विवादको छानबिन गर्नका लागि विमानस्थल प्रमुखलाई निलम्बन गरेको हो ।
![विश्वकप छनोटमा साक्षी बन्न पुगेका दर्शक र जितपछि क्रिकेट टोली [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/rohit-paudel-cricket-1699011708.jpg)
विश्वकप छनोटमा साक्षी बन्न पुगेका दर्शक र जितपछि क्रिकेट टोली [तस्बिरहरू] शुक्रबार, कात्तिक १७, २०८०

तारा एअरका क्याप्टेन श्रेष्ठले हानेका थिए वरिष्ठ क्याप्टेन शाहलाई थप्पड शुक्रबार, कात्तिक १७, २०८० दुई पाइलटबीच झगडाको कारण अझै बाहिर आएको छैन । घटनापछि क्याप्टेन शाह भएको विमान मन्थली विमानस्थलमा ग्राउण्डेड गरिएको छ भने लुक्ला पुगेका श्रेष्ठलाई पनि लुक्ला विमानस्थलमै ग्राउण्डेड गरिएको छ । उनीहरूको लाइसेन्स प्राधिकरणले निलम्बन गरेको छ ।









