भूकम्पको केन्द्र जमिनबाट १० किलोमिटर मुनि, चार घण्टामा ४ रेक्टर स्केल माथिका तीनवटा परकम्प

काठमाडौं— राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि चार घण्टाको अवधिमा ४ रेक्टर स्केलभन्दा माथिका तीनवटा परकम्प गएका छन् ।
‘गएरातीको भूकम्प आफैमा परकम्प हो’ केन्द्रका एक भूकम्पविद्ले भने, ‘अरु साना कैयौँ परकम्पहरू गएका छन् । ४ रेक्टरभन्दा माथिका तीनवटा परकम्प मापन भएको छ ।’
उनका अनुसार जाजरकोटको रामिडाँडा आसपास केन्द्रबिन्दु बनाएर ११ बजेर ४७ मिनेटमा ६ दशमलब ४ रेक्टरस्केलको भूकम्प गएको थियो । जमिनको सतहबाट करिब १० देखि १२ किलोमिटर मुनि भूकम्पको केन्द्र रहेको उनले बताए ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८० ०५:२३