भूकम्प प्रभावितका लागि मेडिकल टीम लगेर गएको स्काई ट्रकले चौरजहारी विमानस्थलमा अवतरण गर्न सकेन शनिबार, कात्तिक १८, २०८०

प्रभावकारी उद्धार तथा राहतमा जुट्न राष्ट्रपतिको अपिल शनिबार, कात्तिक १८, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले मर्माहत भएको बताएका छन् । राष्ट्रपति पौडेलले विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

रुकुमलाई केन्द्रित गरी हवाई उडान गर्न सरकारको निर्देशन शनिबार, कात्तिक १८, २०८० सरकारले नेपाल एअरलाइन्सलाई रुकुम पश्चिमको चौरजहारीलाई केन्द्रित गरेर हवाई उडान गर्न र अन्य एअरलाइन्सहरुलाई स्ट्याण्डबाई अवस्थामा रहन निर्देशन दिएको छ ।

भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १२८ पुग्यो शनिबार, कात्तिक १८, २०८० शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार, जाजरकोटमा भूकम्पबाट ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते छन् । यसैगरी, रूकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ र ८५ जना घाइते छन् । थप विवरण...

१६ जनाको मेडिकल टोली लिएर प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ लागे शनिबार, कात्तिक १८, २०८० जाजरकोट र रुकुम पश्चिममा गएराती गएको भूकम्पले पुर्याएको क्षतिबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डाक्टरको टोलीसहित त्यसतर्फ उडेका छन् । भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको र धेरै घाइते भएको कारण डाक्टरको टोली लिएर प्रधानमन्त्री त्यसतर्फ उडेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

भूकम्पले भत्किएका घरहरू तस्बिरमा शनिबार, कात्तिक १८, २०८०

भूकम्प प्रभावितको प्रभावकारी उद्धार र राहतको व्यवस्था गर्न एमालेद्वारा सरकारको ध्यानाकर्षण शनिबार, कात्तिक १८, २०८० उनले शनिबार बिहान सामाजिक सञ्जाल मार्फत जाजरकोट आसपासमा भूकम्पका कारण प्रभावित भएका नागरिकको उचित व्यवस्थापन गर्न र घाइतेहरूको उपचार प्रभावकारी रूपमा गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ८० पुग्यो, २ सय जना घाइते शनिबार, कात्तिक १८, २०८० जाजरकोटलाई केन्द्र बनाएर शुक्रबार मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरेर अहिलेसम्म ८० जनाको मृत्यु भएको प्रहरी पुष्टि गरेको छ । त्यस्तै, भूकम्पमा परी २ सय जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी सन्तोष रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ४४ जनाको मृत्यु भएको पुष्टि...

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै शनिबार, कात्तिक १८, २०८० मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

भूकम्प अपडेट : रुकुम पश्चिममा ३५ जनाको मृत्यु, ५३ जना घाइते शनिबार, कात्तिक १८, २०८० शुक्रबार राति गएको भुकम्पमा परी अहिलेसम्म रुकुमपश्चिममा ३५ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डीएसपी) नमराज भट्टराईका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा आठविसकोट नगरपालिकामा २८ जना र सानीभेरी गाउँपालिकामा सात जनागरि ३५ जनाको मृत्यु भएको हो ।

जाजरकोटमा लगातार भूकम्पको धक्का शनिबार, कात्तिक १८, २०८० शुक्रबार राति जाजारकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पपछि निरन्तर साना र ठुला पराकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्प लगत्तै १२ बजेर ८ मिनेट जाँदा ४.५ म्याग्न्च्यिुडको भूकम्प गएको थियो ।

प्रधानमन्त्री प्रचण्ड भूकम्पप्रभावित क्षेत्र जाँदै शनिबार, कात्तिक १८, २०८० जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यस क्षेत्रमा जाने भएका छन् । प्रधानमन्त्री त्यसका लागि औषधिसहितको स्वास्थ्य टोली लिएर त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्रीका हेलिकोप्टर तयारी अवस्थामा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । मौसमका कारण केही...

शक्तिशाली भूकम्प : जाजरकोट र रुकुम पश्चिममा गरी ६५ जनाको मृत्यु शनिबार, कात्तिक १८, २०८० जाजरकोटमा मात्रै ३७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । यस्तै, रुकुमपश्चिममा अहिलेसम्म २८ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । भूकम्पमा परी १०० भन्दा बढी घाइते भएका छन् ।









