News Griha :: न्यूजगृह
भूकम्प अपडेट : रुकुम पश्चिममा ३५ जनाको मृत्यु, ५३ जना घाइते
जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राती आएको भूकम्पले रुकुम पश्चिममा पुर्‍याएको क्षती । घाइतेहरुको जिल्ला अस्पताल सल्ले र नगर अस्पताल आठबिसकोटमा उपचार भइहेको छ । तस्बिर सौजन्य : नेपाल प्रहरी/रासस

काठमाडौं— शुक्रबार राति गएको भुकम्पमा परी अहिलेसम्म रुकुमपश्चिममा ३५ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डीएसपी) नमराज भट्टराईका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा आठविसकोट नगरपालिकामा २८ जना र सानीभेरी गाउँपालिकामा सात जनागरि ३५ जनाको मृत्यु भएको हो ।

उनका अनुसार आठविसकोट नगरपालिका वडा नम्बर ११ मा ६ जना, वडा नम्बर १२ मा ३ जना, वडा नम्बर १३ मा स७ जना, वडा नम्बर १४ मा १२ जना मृत्यु भएको हो । त्यस्तै सानीभेरी गाउँपालिका वडा १ मा ४ जना, वडा नम्बर २ मा १ जना र वडा नम्बर ४ मा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भूकम्पमा परी दुई वटा पालिकामा ५३ जना घाइते भएका छन् । घाइतेहरुको चौरजहारी अस्पताल, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०६:४०
Weather Update