जाजरकोट र रुकुम पश्चिम : भूकम्पपछिको उद्धारमा ८५९ जना प्रहरी परिचालित शनिबार, कात्तिक १८, २०८०

राहत र उद्धारमा हातेमालो गर्न प्रधानमन्त्रीको अपिल शनिबार, कात्तिक १८, २०८० उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो राति गएको विनाशकारी भूकम्पको क्षति बुझ्न, पीडितका पीडा र अनुभूतिहरू सुन्न, घाइतेहरूको उद्धार र पीडितको राहतका निम्ति प्रभावित क्षेत्रमा छु । पीडितलाई राहत र पुनर्स्थापना एवं घाइतेहरूको उपचारका लागि सरकार गम्भीर रहेको जानकारी गराउँदै यस कार्यमा सहकार्य र हातेमालोको लागि सम्पूर्ण राजनीतिक दल, निजी...

भूकम्पमा उद्धार र राहतको काम एकद्वार प्रणालीबाट : गृहमन्त्री श्रेष्ठ शनिबार, कात्तिक १८, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्धार र राहतका कामहरू एकद्वार प्रणालीबाट लागू गर्ने निर्णय गरेको बताएका छन् । गृह मन्त्रालयको आकस्मिक बैठकपछि उनले उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललाई परिचालित गरेको भन्दै आवश्यक परेको अवस्थामा अझ जनशक्ति पठाउने निर्णय गरेको बताए ।

भूकम्प प्रभावितको उद्धार र राहतका लागि सरकारले जाजरकोट र रूकुम पश्चिमलाई पाँच-पाँच करोड दिने शनिबार, कात्तिक १८, २०८० सरकारले भूकम्प प्रभावितको उद्धार र राहतका लागि राहत व्यवस्थापन कोषबाट ५/५ करोड रुपैयाँ तत्काल पठाउने निर्णय भएको गरेको छ । शनिबार गृह मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले पश्चिम नेपालमा गएको भूकम्प प्रभावितको राहतका लागि सो रकम पठाउने निर्णय गरेको उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए ।

भूकम्प अपडेट : १३७ जनाको मृत्यु शनिबार, कात्तिक १८, २०८० गएराति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ज्यान गुमाउनेको सङ्ख्या एक सय ३७ पुगेको छ । कर्णाली प्रदेशका कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका अनुसार भूकम्पबाट जाजरकोटमा ६९ महिला र ३० पुरुष गरी ९९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रुकुम पश्चिममा १९ पुरुष र १९ महिला गरी...

कसरी जान्छ भूकम्प? शनिबार, कात्तिक १८, २०८० भूकम्प एउटा दैवी तथा प्राकृतिक विपत्ति हो । अकल्पनिय र अनुमान गर्न नसकिने ठूलो विपत्ति नै भूकम्प हो । अकल्पनिय विपत्ति भएकै कारण पृथ्वीमा भूकम्पले धनजनको ठूलै क्षति गर्दै आएको छ। २०७२ सालको विनाशकारी भूकम्पले नेपालमा आठ हजारभन्दा बढीको ज्यान गयो। यसबारे विश्व भरका वैज्ञानिक तथा विद्वानहरूले धेरै खोज अनुसन्धान...

कसरी भइरहेको छ भूकम्पका घाइतेहरूको उद्धार र उपचार? शनिबार, कात्तिक १८, २०८० जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पमा सयौँ मानिस घाइते छन् । राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा जाजरकोट र रूकुम पश्चिमका नागरिक बढी प्रभावित भएका छन् ।

कर्णाली सरकारको आकस्मिक बैठक, राहत र उद्धार तीव्र बनाउने निर्णय शनिबार, कात्तिक १८, २०८० शनिबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतका लागि सबै निकायसँग सहकार्य गर्ने तथा सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको हो । प्रदेश सरकारसँग उपलब्ध भएको राहत सामग्री तत्काल पठाउने र नपुगेको खरिद गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए ।

जाजरकोटका घाइतेलाई भेटेर रुकुम फर्किए प्रधानमन्त्री शनिबार, कात्तिक १८, २०८० जाजरकोटको खलङ्गास्थित जिल्ला अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले घाइतेहरूलाई भेटेर ढाडस दिएका हुन् । नेपाली सेनाका १६ जनाको मेडिकल टीमसहित पुगेका उनले डाक्टर र औषधी लिएर आएको बताउँदै घाइते र आफन्तलाई चिन्ता नलिने भनेका थिए ।

भूकम्प प्रभावितको उद्धार र राहतबारे निर्णय लिन गृह मन्त्रालयमा बैठक शनिबार, कात्तिक १८, २०८० प्रधानमन्त्री कार्यालय, सुरक्षा निकायका प्रमुखहरू, स्वास्थ्य मन्त्रालय, सङ्घीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरूसहितको बैठक सिंहदरबारमा बसेको हो । बैठकले प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कार्यक्रम कसरी अघि बढाउने भन्नेबारे निर्णय लिने छ ।

कोशी सरकारबाट बाहिरियो एमाले, मन्त्री रानाले दिए राजीनामा शनिबार, कात्तिक १८, २०८० मुख्यमन्त्री केदार कार्कीले शुक्रबार माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्री बनाएपछि असन्तुष्ट हुँदै एमालेले सरकार छाडेको हो । शनिबार बिहान एमालेबाट मन्त्री बनेका दलका उपनेता राम रानाले राजीनामा दिएका हुन् ।

सोल्टिमोडमा सेनाका लेस नायक मृत भेटिए शनिबार, कात्तिक १८, २०८० काठमाडौंको सडकपेटीमा नेपाली सेनाका लेस नायक मृत फेला परेका छन् । शनिबार बिहान सवा ६ बजे काठमाडौं महानगरपालिका-१३ सोल्टिमोडस्थित दरबार बैङ्क्वेट अगाडि सडकपेटीमा लेस नायक मृत फेला परेका हुन् ।

भूकम्प प्रभावित क्षेत्रको अनुगमनमा प्रधानमन्त्री शनिबार, कात्तिक १८, २०८० शनिबार बिहानै स्वास्थ्यकर्मीको टोलीसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रभावित क्षेत्रको अनुगमन गरिरहेका छन् ।स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्र पुगेका प्रधानमन्त्री प्रचण्ड अनुगमन र उद्धारमा खटिएका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।









