भूकम्पमा घाइते भएकी सशीलाको ३३ घन्टापछि उद्धार आइतबार, कात्तिक १९, २०८०

कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने कर्मचारीहरूको घोषणा आइतबार, कात्तिक १९, २०८० सात बुँदे माग अघि सार्दै कात्तिक १२ गतेदेखि आन्दोलनरत नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले आज, भोलि र पर्सि तीन दिन कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालय प्रमुखहरूलाई समेत कार्यकक्षमा प्रवेश निषेध गर्ने निर्णय गरेका हुन् ।

जाजरकोट र रुकुम पश्चिम शोकमा : राहतको पर्खाइमा भूकम्पपीडित आइतबार, कात्तिक १९, २०८० जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षति हुँदा ती दुई जिल्ला शोकमा डुबेको हो । एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ । प्रहरीको...

मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु आइतबार, कात्तिक १९, २०८० शुक्रबार राति गएको भूकम्पपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनस्स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको मन्त्रिपरिषद् बैठक बसेको हो ।
1694786010.jpg)
मन्त्रिपरिषद् बैठक बस्दै आइतबार, कात्तिक १९, २०८० मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक आइतबार बिहान ८ बजे बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६ जना घाइते आइतबार, कात्तिक १९, २०८० दुर्घटनामा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए । उनका अनुसार ८ महिनाको बच्चासहित तीन जनाको शव फेला परेको छ भने एक जनाको शव भेटिएको छैन। जीप खोलामा रहेको र उद्धारमा कठिनाइ भएको उनले बताए ।

भूकम्प अपडेट : १५७ को मृत्यु, २०८ घाइते आइतबार, कात्तिक १९, २०८० मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार, अस्थायी आवास र खाद्यान्न व्यवस्थापनका लागि उक्त रकम खर्च हुने छ । खोज, उद्धार र राहतसम्बन्धी थप निर्णय आइतबारको मन्त्रिपरिषद् बैठकबाट गर्ने सरकारको तयारी छ । सरकारले भूकम्पमा परी घाइते हुनेको निःशुल्क उपचारको व्यवस्था पनि मिलाएको छ । भूकम्पले घर भत्किएकाको हकमा अस्थायी आवासका लागि...

ओमनसँग हारको बदला लिँदै उपाधि जित्ने दाउमा नेपाल आइतबार, कात्तिक १९, २०८० नेपालले बलियो टोली यूएईमाथि ८ विकेटको सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो भने ओमनले बहराइनलाई १० विकेटले हराउँदै नेपालसँगको भेट पक्का गरेको हो ।

विश्वकप क्रिकेट : अस्ट्रेलियासँग हारेपछि इङ्ग्ल्याण्ड बाहिरियो आइतबार, कात्तिक १९, २०८० डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड विश्वकप क्रिकेट-२०२३ बाट बाहिरिएको छ । अस्ट्रेलियाले उसलाई ३३ रनले हराएपछि प्रतियोगितामा इङ्ग्ल्याण्डको चुनौती समाप्त भएको हो । इंग्ल्यान्ड आफ्नो सातौँ खेलमा पराजित रहेको यो छैटौँ अवसर हो ।

चाउचाउको भरमा खुला आकासमुनि रात कटाए भूकम्पपीडितले आइतबार, कात्तिक १९, २०८० विनाशकारी भूकम्पपछि जाजरकोटमा अधिकांश कच्ची घर ढलेका छन् । सग्लो रहेका घरमा पनि छिर्ने हिम्मत छैन पीडितको । जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ रिम्नाका स्थानीयहरू रातभर खुला आकासमुनि ओछ्यान लगाएर सुते । रासन-पानी सबै घरमा पुरिएकाले चाउचाउ खाएर उनीहरूले रात बिताए । यो गाउँमा एकै परिवारका २ सहित ८...

रुकुम पश्चिममा भूकम्पबाट ५२ जनाको मृत्यु, आजदेखि राहत सामग्री वितरण गरिने आइतबार, कात्तिक १९, २०८० रुकुम पश्चिममा भूकम्पपीडितको उद्धार सकिएको छ । शुक्रबार रातिदेखि सुरु भएको उद्धार शनिबार साँझ सकिएको हो । भूकम्पमा परी जिल्लाभर ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए । खड्काका अनुसार ५२ जनाको शव परीक्षणपश्चात् परिवारलाई हस्तान्तरण गरिने छ ।

डकवर्थ लेविस नियममा पाकिस्तान विजयी, सेमिफाइनल सम्भावना कायमै आइतबार, कात्तिक १९, २०८० जितका लागि ४ सय २ रनको विशाल लक्ष्य पछ्याइरहेको पाकिस्तान खेल रोकिँदा एक विकेट गुमाएर २५.३ ओभरमा दुई सय रनको स्थितिमा थियो । त्यस स्थितिमा पाकिस्तानका लागि १ सय ८० रनको लक्ष्य तय भएको थियो ।

भूकम्प पीडितको उद्धारमा प्रधानमन्त्रीको १८ घण्टा शनिबार, कात्तिक १८, २०८० सचिवालयमा रहेका सहयोगीलाई काठमाडौंमा नै छाडेर प्रधानमन्त्री सीमित सुरक्षाकर्मीका साथ जाजरकोटको मालिका ब्यारेकमा बिहान ८ बज्दा नबज्दै पुगे । आम नेपालीले नियमित काम सुरु नगर्दै प्रधानमन्त्री नेतृत्वको टोली भूकम्प प्रभावितस्थल जाजरकोट पुगिसकेको थियो । केन्द्रबिन्दु नै भएका कारण यसपटकको भूकम्पले सबैभन्दा बढी क्षति जाजरकोटमा नै पुगेको छ । त्यसपछि रुकुम...









