उपप्रधानमन्त्री, मन्त्री र सांसदसहितको जम्बो टोली भूकम्प प्रभावित क्षेत्रमा आइतबार, कात्तिक १९, २०८०

इजरायलमा मारिएका १० जनाकै शव नेपाल आइपुग्यो आइतबार, कात्तिक १९, २०८० गएराति डोटीका पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले बताए । बेपत्ता विपिन जोशीको उद्धारका लागि पहल भइरहेको उनले बताए । दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात अक्टोबर ७ मा हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको...

कप्तान रोहित पौडेलको टी-२० मा पाँचौ अर्धशतक आइतबार, कात्तिक १९, २०८० टी-२० विश्वकप छनोट खेलमा फाइनल खेलमा कप्तान पौडेलले २ छक्का र ५ चौका सहित अर्धशतक बनाएका हुन् । उनले ५२ रन बनाएर नटआउट रहे । टी-२० अन्तर्राष्ट्रियमा यो उनको पाँचौ अर्धशतक हो ।

नेपालले ओमनलाई दियो १८५ रनको चुनौती आइतबार, कात्तिक १९, २०८० टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि कप्तान रोहितकुमार पौडेल र गुल्शन झाले अर्धशतक बनाए ।

गुल्शन झाले बनाए अर्धशतक आइतबार, कात्तिक १९, २०८० किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा झाले २५ बलमा ४ छक्का र ५ चौकाको मद्दतमा ५४ रन बनाएर बिलाल खानको बलमा आउट भए ।झाले कप्तान रोहितकुमार पौडेलसँग ७८ रनको साझेदारी गरे ।
आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार? आइतबार, कात्तिक १९, २०८० नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य शुक्रबार कै मूल्य एक लाख १५ हजार ९ सय रुपैयाँ कायम रहेको छ ।

भूकम्पपीडितलाई राहतः अहिलेसम्म १५ करोड ३९ लाख घोषणा, आश्वासन जुट्दै आइतबार, कात्तिक १९, २०८० जाजरकोट क्षेत्रमा भूकम्पबाट भएको जनधनको क्षतिमा राहत सहयोग गर्न प्रतिष्पर्धा जस्तै देखिएको छ । मित्र राष्ट्रहरू, राजनीतिक दल, व्यवसायी र संस्थाहरूबाट धमाधम आर्थिक सहयोगको घोषणा भैरहेको छ । हालसम्म १५ करोड ३९ लाख एघार हजार नगद सहयोगको घोषणा भएको छ ।

नेपाललाई तेस्रो झट्का, भुर्तेल र जोरा आउट आइतबार, कात्तिक १९, २०८० सन्दीप जोरा १० रन बनाएर जिसान मसुदको बलमा आउट भए । त्यस्तै, ३१ रन बनाएर ओपनर कुशल भुर्तेल पनि आउट भए । यसअघि आसिफ शेख ६ रन बनाएर बिलाल खानको बलमा क्याचआउट भएका थिए ।

नेपालले पहिलो विकेट गुमायो, आसिफ आउट आइतबार, कात्तिक १९, २०८० कीर्तिपुर विश्वविद्यालयको मैदानमा भइरहेको आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । प्रतियोगितामा दुई टोलीबीच यो दोस्रो खेल हो । यसअघि समूह चरणको खेलमा ओमानले नेपाललाई हराएको थियो ।

नेपालले टस जितेर ब्याटिङ गर्ने, दीपेन्द्रको स्थानमा सन्दीप जोरा आइतबार, कात्तिक १९, २०८० आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु आइतबार, कात्तिक १९, २०८० मृत्यु हुनेमा हिमा –१ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए।

मुगु सामूहिक हत्या प्रकरण : प्रहरीले हत्यारा पत्ता लगाउन सकेन, अनुसन्धानको जिम्मा सीआईबीलाई आइतबार, कात्तिक १९, २०८० मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ६ मन्दु गाउँमा वंश नै नास हुने गरी भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुरु गरेको छ ।

भूकम्पबाट घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय आइतबार, कात्तिक १९, २०८० सरकारले भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पबाट घाइते भएका सबैलाई निशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए ।









