जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

जुम्ला— जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थल मै मृत्यु भएको छ भने एक जना घाइते छन् ।
मृत्यु हुनेमा हिमा –१ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए।
भे१ह ३१९७ नम्बरको अटो नाग्मबाट हिमा गाउँपालिका–१ देवारगाउँ जाँदै गरेको अवस्थामा आइतबार बिहान हिमा–१ बड्कीमा दुर्घटना भएको उनले बताए ।
दुर्घटनामा सोही ठाउँका अन्दाजी ४१ वर्षका नन्द रोकाया घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० १०:४०