भारतको लगातार आठौं जित, दक्षिण अफ्रिका ८३ रनमा अलआउट सोमबार, कात्तिक २०, २०८०

वर्षा र हिमपातको सम्भावना सोमबार, कात्तिक २०, २०८० देशका केही भू–भागमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो ।

भूकम्पबाट जाजरकोट र रूकुम पश्चिममा ९१० वटा भवन पूर्णरूपमा क्षति आइतबार, कात्तिक १९, २०८० जाजरकोट र रूकुम पश्चिममा ९१० वटा घर भूकम्पका कारण पूर्ण रूपमा क्षति पुगेको छ । शुक्रबार राति ११ः४७ जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पका कारण ९१० वटा घर पूर्ण रूपमा क्षति पुगेको नेपाल प्रहरीको प्रधान कार्यालयले जनाएको छ ।

सद्भाव बिगार्ने सामग्री हटाउन सरकारले टिकटकसँग माग्यो सहयोग आइतबार, कात्तिक १९, २०८० सरकारले चर्चित भिडिओ सेयरिङ एप टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसँग छलफल गरेको छ । टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन सरकारले आग्रह गरेको छ । टिकटक दुरुपयोग गरेर हालिने यस्ता सामग्रीलाई हटाएर शान्ति सुव्यवस्था र समाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरिएको गृह मन्त्रालयले जनाएको छ...

विदेश पठाउने प्रलोभन दिएर नक्कली कागजात बनाउने १० जना पक्राउ आइतबार, कात्तिक १९, २०८० काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरेर भिजिट भिसामा विभिन्न देशमा पठाउने प्रलोभन देखाएर नक्कली कागजपत्र बनाउन संलग्न गिरोहलाई पक्राउ गरिएको जानकारी दिएको हो ।

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने आइतबार, कात्तिक १९, २०८० कांग्रेस संसदीय दलको आज बसेको बैठकले भूकम्पपीडितका लागि सङ्घीय संसद्मा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्नुहुने सदस्यको १५ दिन बराबरको पारिश्रमिक सहयोग स्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

दिल्लीमा जारी वर्ल्ड फुड एक्सपोमा एशियन थाई फूड्सको स्टल, पुगे भारतका लागि नेपाली राजदूत शर्मा आइतबार, कात्तिक १९, २०८० नेपालमा खाजा तथा खानाका रुपमा चाउचाउ खाने प्रवृत्ति बढ्दै गएपछि यसको माग पनि बढ्दै गएको छ । त्यसैलाई मध्यनजर गर्दै एशियन थाई फूड्सले आक्रामक रुपमा आफ्ना उत्पादन बजारमा ल्याइरहेको छ । खाजा र खानामा ‘नुडल्स कल्चर’ विकासको श्रेय पनि एशियन थाई फूड्सलाई जान्छ ।

सुनको असर्फी र चाँदीको सिक्का बिक्री सुरु आइतबार, कात्तिक १९, २०८० नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सुनको असर्फी र चाँदीको सिक्का बिक्री सुरु गरेको छ । आइतबारदेखि राष्ट्र बैंक टक्सार महाशाखाले असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको हो ।

भोलिदेखि एमडीएमएस लागू हुने आइतबार, कात्तिक १९, २०८० लामो समयको प्रतीक्षापछि भोलिदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू हुँदैछ । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि एमडीएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएको हो ।

सुपरओभरमा चुक्यो नेपाल, ओमनले जित्यो उपाधि आइतबार, कात्तिक १९, २०८०

सुपर ओभरमा नेपाललाई २२ रनको लक्ष्य आइतबार, कात्तिक १९, २०८० आईसीसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भइरहेको नेपाल र ओमानबीचको सुपर ओभरमा ओमानले नेपाललाई २२ रनको रनको लक्ष्य दिएको छ ।

नेपाल र ओमनबीच खेल बराबरी, सुपर ओभरबाट निर्णय हुने आइतबार, कात्तिक १९, २०८० अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ ।

भूकम्प पीडितको राहत वितरण पारदर्शी बनाउन कांग्रेसको आग्रह आइतबार, कात्तिक १९, २०८० नेपाली कांग्रेसले भूकम्प पीडितको राहत वितरणलाई पारदर्शी बनाउन आग्रह गरेको छ । आज बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले, राहत वितरणमा अनियमितता, पक्षपात रोक्न समिति बनाउने निर्णयसमेत गरेको छ ।









