News Griha :: न्यूजगृह
दिल्लीमा जारी वर्ल्ड फुड एक्सपोमा एशियन थाई फूड्सको स्टल, पुगे भारतका लागि नेपाली राजदूत शर्मा

काठमडौं— भारतको नयाँ दिल्लीस्थित प्रगति मैदानमा जारी वर्ल्ड फुड एक्सपो— २०२३ मा नेपालको लोकप्रिय चाउचाउ उद्योग एशियन थाई फूड्स प्रालिले समेत सहभागिता जनाएको छ ।

उक्त एक्सपोमा १ हजार बढी स्टल छन् भने ९० देशको सहभागिता रहेको छ । नेपालबाट उक्त एक्सपोमा सहभागि हुने एक मात्र उद्योग हो एशियन थाई फूड्स ।

एशियन थाई फूड्सको भारतका २५ राज्यमा आफ्नो डिलरसमेत छ । नयाँ दिल्लीस्थित प्रगति मैदानमा ३ नोभेम्बरदेखि जारी उक्त एक्सपोमा विभिन्न फुड स्टलहरु राखिएका छन् । एशियन थाई फूड्सले पनि आफ्नो उत्पादनको विभिन्न स्टल राखेको छ ।

भारतका लागि नेपाली राजदूत शंकर शर्माले एशियन थाई फूड्सको स्टलको अवलोकनसमेत गरेका छन् । सोही अवसरमा उनले एशियन थाई फूड्सद्धारा उत्पादित नयाँ प्रडक्ट टूपीएम कप नुडल्सको लञ्चसमेत गरे ।

एशियन थाई फूड्सले विश्वका विभिन्न मुलुकमा हुने फुड् एक्सपोमा सहभागिता जनाउँदै आएको छ । यसरी विभिन्न एक्सपोमा सहभागिता जनाउँदा नेपाली उत्पादनको प्रमोट हुने विश्वास एशियन थाई फूड्सको छ । एशियन थाई फूड्सले रमपम, टू पीएम, प्रितीलगायत ब्रान्डका चाउचाउ उत्पादन गर्दै आएको छ ।

त्यस्तै, चिप्स, चिजवलहरुसमेत उसले उत्पादन गर्दै आएको छ । एशियन थाई फूड्सले आफ्नो उत्पादन नेपाली बजारमा मात्रै नभएर भारत, अस्ट्रेलिया, अमेरिका तथा युरोपका धेरै देशमा निर्यात गर्छ । एशियन थाई फूड्स मुलुकको अग्रणी उद्योग पनि हो ।  

नेपालमा खाजा तथा खानाका रुपमा चाउचाउ खाने प्रवृत्ति बढ्दै गएपछि यसको माग पनि बढ्दै गएको छ । त्यसैलाई मध्यनजर गर्दै एशियन थाई फूड्सले आक्रामक रुपमा आफ्ना उत्पादन बजारमा ल्याइरहेको छ । खाजा र खानामा ‘नुडल्स कल्चर’ विकासको श्रेय पनि  एशियन थाई फूड्सलाई जान्छ ।   
 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १६:१५
Weather Update