News Griha :: न्यूजगृह
विदेश पठाउने प्रलोभन दिएर नक्कली कागजात बनाउने १० जना पक्राउ 

काठमाडौं— नक्कली कागजातहरू बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरेर भिजिट भिसामा विभिन्न देशमा पठाउने प्रलोभन देखाएर नक्कली कागजपत्र बनाउन संलग्न गिरोहलाई पक्राउ गरिएको जानकारी दिएको हो । 

fake-document-5-1699186276.jpg

पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख, एसएसपी सोमेद्रसिंह राठौरले नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रम स्वीकृति, कक्षा १२ को सर्टिफिकेट, नक्कली नाता प्रमाणित बनाउने गिरोहलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरूको साथबाट २ सय ९६ वटा नक्कली कागजातसहित छाप, लोगो तथा प्रिन्टिङ मेसिन बरामद गरिएको उनले जानकारी दिए । 

fake-document-1-1699186286.jpg

उनले भने, ‘प्राप्त कागजातहरू हेरी सम्बन्धित बैंक, परीक्षा नियन्त्रण कार्यालय, स्थानीय तहबाट जारी भएका सिफारिस पत्र लगायतका कागजातहरूको बारेमा सम्बन्धित निकायलाई पत्राचार गरी प्राप्त कागजातहरूको आधारमा नक्कली कागजातहरू भएको भनी खुल्न आएको छ ।’

fake-document-3-1699186280.jpg

पक्राउ परेका मध्ये जयराम श्रेष्ठले विभिन्न व्यक्तिहरूबाट राहदानी संकलन गरी कुन कुन कागजात बनाई दिनुपर्छ भनी बुझ्ने गरेको साथै रकमको कुरा समेत गर्ने गरेको  पाइएको उनले बताए । 

पक्राउ पर्नेमा नवलपुरका ४५ वर्षका जयराम श्रेष्ठ, गोरखाका ३४ वर्षका भक्तबहादुर थापा, २१ वर्षका विपिन ढकाल र २३ वर्षका अजित फेवाली छन् । 

fake-document-2-1699186280.jpg

त्यस्तै उदयपुरका ३० वर्षका आशिष श्रेष्ठ, काभ्रेका २८ वर्षका जीवराज तामाङ, काठमाडौंका २३ वर्षका साइरस विशंखे, ३८ वर्षका दीपक केसी र सल्यानका ४२ वर्षका बलबहादुर रावतलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
पक्राउ परेकाहरूले नक्कली कागजात बनाउन ५ देखि १० हजारसम्म लिने गरेको प्रहरीले जनाएको छ । 

slc-and-plus-2-document-fake-1699186271.jpg

fake-document-6-1699186269.jpg

fake-document-7-1699186268.jpg

fake-document-4-1699186276.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १७:५८
Weather Update