
काठमाडौं— टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमनले सुपर ओभरमा जितेको छ ।
सुपरओभरमा ओमनले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले भइरहेको सुपर ओभरमा निर्धारित २० ओभरको खेल बराबरीमा टुङ्गिएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको ओमनले पनि ९ विकेटको क्षतिमा १८४ रन नै जोड्यो ।
जसका कारण खेल सुपर ओभरमा पुग्यो । अन्तिम ओभरमा ओमनलाई ८ रन चाहिएको थियो। जसमा नेपालका सन्दीप लामिछानेले दोस्रो र तेस्रो बलमा विकेट लिए । तर चौथो बलमा एक रन र पाँचौ बलमा चौका भयो । अन्तिम बलमा दुई रन लिनु पर्ने स्थितिमा ओमनले एक रन मात्र जोड्न सक्यो । ओमनका लागि ६३ रन बनाएका कश्यप प्रजापतिलाई रोहित पौडेलबाट क्याच गराएका थिए । १८औं ओभरमा नेपालका अभिनास बोहराबाट आउट हुनुअघि उनले ५२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।
१९औं ओभरको पहिलो बलमा ओमनका निशमलाई करण केसीले १ रनमा विवेक यादवलबाट क्याच आउट गराए। करणले पाँचौ बलमा मेहरान खानलाई विवेककै हातबाट १० रनमा आउट गरे। तर सो ओभरमा करणले १८ रन खर्चिदा नेपालमाथि दबाब बढेको थियो। त्यसअघि विवेकले ओमनका कप्तान जीशन मक्सुदलाई २६ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए।
यस्तै गुल्सन झाले ओमनका अबिक इल्यासलाई ३३ रनमा सन्दीप जोराबाट क्याच गराए । अकिबले दशौं ओभरमा आउट हुनुअघि दोस्रो विकेटका लागि कश्यप प्रजापतिसँग ६७ रनको साझेदारी गरे । ओमनका प्रतिक अथाभलेलाई नेपालका सोमपाल कामीले तेस्रो ओभरको अन्तिम ओभरमा ७ रनमा एलबिडब्लूको धरापमा परे । सोमपालले सो ओभरको पहिलो पाँच बलमा तीन चौकासहित १७ रन खर्चिएका थिए ।