News Griha :: न्यूजगृह
वर्षा र हिमपातको सम्भावना

काठमाडौं— देशका केही भू–भागमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

विभागले दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।
पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । 

वर्षा र हिमपातको सम्भावना रहेकाले त्यसबाट हुनसक्ने क्षतिबाट सतर्क रहन विभागको आग्रह छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०६:२२
Weather Update