उपेन्द्र यादवको दाबी— सङ्घीयता खारेज गर्न एउटा पक्ष लागिरहेको छ सोमबार, कात्तिक २०, २०८०

जाजरकोट भूकम्प : सरकारले सच्यायो मृतकको संख्या सोमबार, कात्तिक २०, २०८० जाजरकोटको नलगाड नगरपालिकाका तीन जना मृतकको ठेगाना र मृत्यु भएको स्थान फरकफरक परेकाले दोहोरिएको र अर्को एक जनाको नागरिकता र बोलाउने नाम छुट्टाछुट्टै रहेको र दुवै नाम रेकर्डमा टिपिएकाले ४ जनाको संख्या दोहोरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले प्रस्ट्याएका छन् ।

कार्यालयभित्रै इन्स्पेक्टरले कुटे सेवाग्राही सोमबार, कात्तिक २०, २०८० प्रहरी कार्यालयभित्र प्रहरीबाटै सेवाग्राही कुटिएका छन् । प्रहरी प्रभाग गोङ्गबुमा बानियाँटारका कर्णबहादुर अधिकारीमाथि गत बिहीबार कुटपिट भएको हो । प्रभाग प्रमुख इन्स्पेक्टर दिनेश गुरुङले कुटपिट गरेको भन्दै अधिकारीले जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका छन् ।

कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय सोमबार, कात्तिक २०, २०८० नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए ।

बेपत्ता नारूदेवी मृत फेला, हत्याको आशंका सोमबार, कात्तिक २०, २०८० कञ्चनपुरमा बेपत्ता महिला मृत अवस्थामा फेला परेकी छन् । आइतबारदेखि बेपत्ता भएकी शुक्लाफाँटा नगरपालिका— ७ कि नारूदेवी जोशी मृत भेटिएको प्रहरीले जनाएको छ ।

जलविद्युतमा लगानी गर्न अन्तर्राष्ट्रिय व्यवसायीलाई राष्ट्रपतिको सुझाव सोमबार, कात्तिक २०, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको जलविद्युतमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय र उद्यमी व्यवसायीलाई जलविद्युतको आग्रह गरेका छन् । नेपालको जलविद्युतमा लगानी गर्न चाहनेका लागि महत्वपूर्ण अवसर रहेको राष्ट्रपति पौडेलले चर्चा गरेका छन् ।

त्रिवि उपकुलपतिको जिम्मेवारी भुसाललाई सोमबार, कात्तिक २०, २०८० भुसाल त्रिविका शिक्षाध्यक्ष हुन् । उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको पदावधि कात्तिक १६ गते सकिएको थियो । विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम उपकुलपति पदपूर्ति नभएसम्म दैनिक कार्यसञ्चालन गर्न भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको हो।

जाजरकोट भूकम्प : आठविसकोटमा जिल्ला बाहिरका तीन जनाको मृत्यु सोमबार, कात्तिक २०, २०८० जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका मृत्यु हुनेमा बर्दियाका दुई र रोल्पाका एकजना छन् । उनका अनुसार मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क बिक र ३६ वर्षीय अनिल बिक छन् । उनीहरूको आठविसकोट–१४ को छेपारेमा मृत्यु भएको हो ।

भूकम्प पीडितको गुनासो- अहिलेसम्म राहत पाइएको छैन सोमबार, कात्तिक २०, २०८० आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा उनी छन् । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा एक्कासि आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाउनुपर्यो ।

माओवादीको सडक सङ्घर्षको कार्यक्रम स्थगित सोमबार, कात्तिक २०, २०८० सत्तारुढ नेकपा माओवादी केन्द्रको मंसिर २२ को सडक सङ्घर्षको कार्यक्रम स्थगित गरेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले गत शुक्रबार जाजरकोटमा गएको भूकम्पको कारण सडक सङ्घर्षको कार्यक्रम स्थगित गरिएको बताए ।

दर्ता नभएका फोन आजदेखि नचल्ने सोमबार, कात्तिक २०, २०८० यो प्रणाली लागू भएपछि प्रणालीमा दर्ता नभएका फोनहरू क्रमश ब्लक हुने प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले जानकारी दिएका छन् । उनका अनुसार एमडीएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा भित्र्याइएका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैन । ती फोनहरू ब्लक हुनेछन् ।

बढ्यो पाउण्ड र युरोको भाउ सोमबार, कात्तिक २०, २०८० जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ५५ पैसा र बिक्री दर १६५ रुपैयाँ २९ रुपैयाँ रहेको छ । आइतबारको तुलनामा झन्डै दुई रुपैयाँले पाउण्ड बढेको छ ।

काठमाडौंको तापक्रम घट्दै, सतर्क रहन आग्रह सोमबार, कात्तिक २०, २०८० आइतबार काठमाडौंको तापक्रम १०.८ डिग्री सेल्सियस थियो । यो वर्ष हालसम्म सबैभन्दा कम काठमाडौंको तापक्रम १० डिग्री सेल्सियससम्म पुगेको छ । अक्टोबर २२, २३ र २४ मा काठमाडौंको तापक्रम १० डिग्री सेल्सियस थियो । त्यसयता भने काठमाडौंको तापक्रम १० डिग्री सेल्सियस भन्दा माथि नै छ ।









