News Griha :: न्यूजगृह
आरती साह प्रकरण : धनुषा प्रहरी प्रमुख विश्वराज खड्कालाई जिम्मेवारीबाट हटाइयो 
आरती साह प्रकरण : धनुषा प्रहरी प्रमुख विश्वराज खड्कालाई जिम्मेवारीबाट हटाइयो  प्रहरी प्रधान कार्यालयले धनुषाका प्रहरी प्रमुख विश्वराज खड्कालाई फिर्ता बोलाएको छ । खड्कालाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको उपप्रधान एवं गृहमन्त्रीका स्वकीय सचिव विजय गौतमले बताए ।
बर्दीको आडमा लुटपाट, ईसेवामार्फत ‘घुस’, प्रहरीसहित पाँचविरुद्ध डकैती मुद्दा
बर्दीको आडमा लुटपाट, ईसेवामार्फत ‘घुस’, प्रहरीसहित पाँचविरुद्ध डकैती मुद्दा लुटपाटमा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी सहायक निरीक्षक सुनबहादुर तामाङ, प्रहरी सहायक हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बराल पक्राउ परेका हुन् । उनीहरूले एक महिनाअघि मदन पुरी र सन्तोष पुरीसँग मिलेर लुटपाट गरेका हुन् । पाँचैजनाविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक 
प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक  मंगलबार दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए  । 
आचार संहिता उलङ्घन गरेका पत्रकारलाई सम्झाउँदै प्रेस काउन्सिल
आचार संहिता उलङ्घन गरेका पत्रकारलाई सम्झाउँदै प्रेस काउन्सिल सरकारी कार्यालय रेल विभागमा रिपोर्टिङ गर्ने क्रममा स्पेस फोके टीभीका पत्रकार कपिल शाहीले कर्मचारीलाई थर्काउने र अशिष्ट व्यवहार गरेका थिए । उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प
पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले हातपात गरेपछि आन्दोलित आवासीय चिकित्सकले अस्पतालको सेवा ठप्प पारेका हुन् ।
गोली लोड भएको पेस्तोलसहित तीन जना पक्राउ
गोली लोड भएको पेस्तोलसहित तीन जना पक्राउ सशस्त्र प्रहरीले सिरहाको लहानबाट अटोमेटिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । सोमबार एउटा ९ एमएमको अटोमेटिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
दोस्रोपटक भूकम्प : आठबीसकोटमा चारजना घाइते
दोस्रोपटक भूकम्प : आठबीसकोटमा चारजना घाइते भूकम्प आउने जोखिम कायमै रहेकाले सचेत रहन नगरप्रमुख केसीले अनुरोध गरेका छन् । सोमबार पनि जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पटकपटक भूकम्पको धक्का महसुस हुँदा स्थानीय झन् त्रसित हुँदै गएका छन् । 
युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति पौडेल आज भूकम्पप्रभावित क्षेत्र जाँदै
युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति पौडेल आज भूकम्पप्रभावित क्षेत्र जाँदै उनी युरोप भ्रमण स्थगित गरेर भूकम्पप्रभावित जान लागेका हुन् । यही कात्तिक २२ देखि मंसिर १ गतेसम्म उनको युरोप भ्रमण तय भएको थियो । मुलुकमा विपत्ति परेको वेला विदेश भ्रमण उपयुक्त नहुने निष्कर्षसहित उनले फ्रान्स, इटाली र जर्मनीको भ्रमण स्थगित गरेका हुन् ।
भूकम्प अपडेट : जाजरकोटमा परकम्पको संख्या ३९७ पुग्यो
भूकम्प अपडेट : जाजरकोटमा परकम्पको संख्या ३९७ पुग्यो 'रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएपछि त्यसको परकम्प जानेक्रम रोकिएको छैन । त्यसयता रामीडाँडा र त्यसको आसपासमा परकम्प गइरहेको छ,' राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भन्यो, 'शुक्रबार राति ११:४७ बजेको भूकम्पपछि ४.० म्याग्निच्युडभन्दा माथिका ९ वटा परकम्प गइसकेको छ ।'  
पहाडमा बदली र वर्षा, हिमालमा हिमपात
पहाडमा बदली र वर्षा, हिमालमा हिमपात विभागका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
प्रहरी पनि कांग्रेस, एमाले र माओवादीका मात्रै रहेछन् : व्यवसायी दुर्गा प्रसाईँ 
प्रहरी पनि कांग्रेस, एमाले र माओवादीका मात्रै रहेछन् : व्यवसायी दुर्गा प्रसाईँ  व्यवसायी दुर्गा प्रसाईँले यो देशको प्रहरी पनि राजनीतिक कार्यकर्ता जस्तै रहेको आरोप लगाएका छन् । एमाले अध्यक्ष केपी ओलीविरुद्ध विवादास्पद अभिव्यक्ति दिएपछि आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बोलाएर जवाफ मागेपछि उनले प्रहरी पनि राजनीतिक कार्यकर्ता बनेको आरोप लगाएका हुन् । 
गाँजा खेती सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन
गाँजा खेती सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए । आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्य को १०५ नम्बर बुँदामा भनिएको छ– औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ ।
Weather Update