News Griha :: न्यूजगृह
दोस्रोपटक भूकम्प : आठबीसकोटमा चारजना घाइते

रुकुम पश्चिम— सोमबार पुनः भूकम्प आउँदा रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा चारजना घाइते भएका छन् ।

सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८  रेक्टर स्केलको भूकम्प आउँदा  नगरपालिकाका चारजना घाइते भएका हुन् । 
घाइते भएका चारै जनालाई तत्काल उद्धार गरी नगर अस्पताल राडीमा पुर्‍याएको नगरप्रमुख रबि केसीले जानकारी दिए । घाइतेको नगर अस्पतालमा उपचार भइरहेको छ ।  

भूकम्प आउने जोखिम कायमै रहेकाले सचेत रहन नगरप्रमुख केसीले अनुरोध गरेका छन् । सोमबार पनि जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पटकपटक भूकम्पको धक्का महसुस हुँदा स्थानीय झन् त्रसित हुँदै गएका छन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ०६:४६
Weather Update