News Griha :: न्यूजगृह
गोली लोड भएको पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं— सशस्त्र प्रहरीले सिरहाको लहानबाट अटोमेटिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

सोमबार एउटा ९ एमएमको अटोमेटिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका-८ का ३१ वर्षीय अनिल राम, सोही नगरपालिका-५ का ३० वर्षीय जीवानन्द चौधरी र खड्क नगरपालिका- ४ का ३५ वर्षीय सञ्जयप्रसाद चौधरी छन् ।

हतियार बोकेर हिँडेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले लहान नगरपालिका-१ राजमार्गबाट दुईवटा गोली लोड भएको अटोमेटिक पेस्तोल बरामद गरेको हो ।

त्यस्तै, उनीहरूको साथबाट १ लाख ८४ हजार २ सय ५३ रुपैयाँ, ४ थान मोबाइल, नेपाल टेलिकमको २२ थान सिमकार्ड, एनसेलको सिमकार्ड १४ थान, नेपाल टेलिकमकै ५० रुपैयाँ दरको २६ हजारको र १ सय दरको ९६ हजारको रिचार्ज कार्ड बरामद भएको छ ।

यसैगरी उनीहरू सवार स९प ४९७१ नम्बरको मोटरसाइकल र ३ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको एनसेलको रिचार्ज कार्डसमेत बरामद भएको छ । 

उनीहरू विभिन्न अपराध र फिरौतीमा संलग्न भएको बुझिएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ०७:०९
Weather Update