भ्रष्टाचारको आरोप लागेपछि पोर्चुगलका प्रधानमन्त्री कोस्टाद्वारा राजीनामा बुधबार, कात्तिक २२, २०८०

पोल्याण्ड पठाइदिन्छु भन्दै ३८ लाख रुपैयाँ ठगी गर्ने महिला पक्राउ बुधबार, कात्तिक २२, २०८० पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर भई काठमाडौं नागार्जुन नगरपालिका– ६ रामकोट बस्ने ३९ वर्षीय सुनिता कर्माचार्य रहेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो ।

पहाडी भूभागमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना बुधबार, कात्तिक २२, २०८० बुधबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

जाजरकोटमा गयो भूकम्पको अर्को परकम्प बुधबार, कात्तिक २२, २०८० मंगलबार राति १०:३० बजे जाजरकोटको पैंङ्क आसपास ३.९ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत शुक्रबार राति गएको जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि निरन्तर परकम्प गइरहेको छ ।

अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा, म्याक्सवेलको दोहोरो शतक बुधबार, कात्तिक २२, २०८० अस्ट्रेलियाले सनसनीपूर्ण खेलमा अफगानिस्तानलाई तीन विकेटले पराजित गर्दै विश्वकप क्रिकेट-२०२३ को सेमिफाइनल यात्रा तय गरेको छ । पाँचपल्टको विश्वकप विजेता अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले चोटको पीडासँगै लड्दै अदम्य साहसले भरिएको २ सय १ रन बनाए ।

स्वास्थ्य उपचारको सेवा नरोक्न पाटन अस्पताललाई प्रहरीको अपिल मंगलबार, कात्तिक २१, २०८० जिल्ला प्रहरी परिसर ललितपुरले पाटन अस्पताल प्रशासन, चिकित्सकहरू र सरोकारवालाहरूलाई अत्यावश्यक स्वास्थ्य उपचारको सेवा सञ्चालन गर्न अपिल गरेको छ ।

राष्ट्रिय गौरवको आयोजनामा राखेर मूलपानी, चितवन र विराटनगरमा क्रिकेट रङ्गशाला बनाउने प्रधानमन्त्रीको प्रतिवद्धता मंगलबार, कात्तिक २१, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी छिट्टै निर्माण सक्ने बताएका छन् । टी-२० विश्वकपमा छनोट भएका खेलाडीलाई मंगलबार बालुवाटारमा सम्मान गर्दै उनले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले जुनसुकै हदसम्म गएर भए पनि रङ्गशाला बनाउने बताए ।

कसैसँग डराएका हैनौँ, गणतन्त्रको समीक्षा गरिएको हो : प्रधानमन्त्री मंगलबार, कात्तिक २१, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, संघीय लोकतान्त्रिक गणतन्त्रको समीक्षा गर्नु कसैसँग डराएको नहुने बताएका छन् । मंगलबार आफैले बोलाएको सर्वदलीय बैठकपछि पत्रकारसँग उनले, सामान्य समीक्षाको समय आयो भन्ने लागेर बैठक बोलाइएको र कसैसँग डराउने सवालै नरहेको बताए ।

सर्वदलीय बैठक : शान्ति र संविधानको पक्षमा एकमत मंगलबार, कात्तिक २१, २०८० प्रमुख राजनीतिक दलले, गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।सिंहदरबारमा बसेको सर्वदलीय बैठकले पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपाधिविरुद्ध जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्ता माथि लाञ्छना लगाउने क्रम बढेको निष्कर्ष निकालेको छ ।

तुइनबाट खसेर बेपत्ता मकर मृत फेला मंगलबार, कात्तिक २१, २०८० सर्केगार्ड गाउँपालिका-२ ल्याप्चेस्थित कर्णाली नदीमा सोही ठाउँस्थित कर्णाली करिडोरमा मजदुरी काम गर्ने मुगुको सोरु गाउँपालिका-५ नेर घर भएका ३८ वर्षीय मकर सिंह नेपाली सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

संघीय संसद् भवन निर्माण छिट्टै पूरा गर्न सभामुखको निर्देशन मंगलबार, कात्तिक २१, २०८० सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवन आगामी हिउँदे अधिवेशनबाटै सञ्चालनमा ल्याउने गरी उपकरण जडानलगायत काम पूरा गर्न निर्देशन दिएका छन् ।

विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीले भ्रष्टाचार मुद्दामा पाए सफाइ मंगलबार, कात्तिक २१, २०८० स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलबलगुढी झापाका वरिष्ठ व्यवस्थापन सहायक रहेका बेला भण्डारीले ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष असारमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

कांग्रेसले महासमिति बैठक फेरि सार्यो, पुस १६ नयाँ मिति मंगलबार, कात्तिक २१, २०८० कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म हुनेगरि नयाँ मिति निर्धारण गरिएको बताए । ‘यो बीचमा भूकम्प, चाडपर्व लगायतले डिस्टर्ब हुने भयो त्यही भएर कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका दिन महासमिति बैठक राख्ने निर्णय गरेको हो’, विश्वकर्माले भने ।









