पोल्याण्ड पठाइदिन्छु भन्दै ३८ लाख रुपैयाँ ठगी गर्ने महिला पक्राउ

काठमाडौं— वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट ३८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर भई काठमाडौं नागार्जुन नगरपालिका– ६ रामकोट बस्ने ३९ वर्षीय सुनिता कर्माचार्य रहेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो ।
पक्राउ परेकी कर्माचार्यले मदनराज मोक्तानसमेत १७ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिने तथा त्यसको लागि प्रतिव्यक्ति ८ लाख लाग्ने भन्दै ३८ लाख रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ ।
पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक एक लाख ५० हजार तलब हुने भनी उनले पीडितलाई विश्वास दिलाइ प्रलोभनमा पारेकी थिइन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८० ०६:२३