दोलखाको ११ किलो सुन प्रकरणमा थप एक पक्राउ बिहीबार, कात्तिक २३, २०८०

जाजरकोटमा गयो भूकम्पको अर्को परकम्प बिहीबार, कात्तिक २३, २०८० जाजरकोटमा भूकम्पको अर्को परकम्प मापन गरिएको छ । बुधबार साँझ ७ः५० बजे जाजरकोटको पइन्क आसपास ३.५ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भोजपुरमा वडा कार्यालय तोडफोड बुधबार, कात्तिक २२, २०८० गएराति कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालयभित्रको सामग्री तोडफोड भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । कार्यालयभित्र रहेको प्रिन्टर, इन्भर्टर, दराजसँगै झ्याल लगायत सामग्रीमा फुटाएको उनको भनाइ छ ।

Hot Report : 15 Major Moments of Rabi Lamichhane बुधबार, कात्तिक २२, २०८० रवि लामिछानेको अमेरिका बसाइदेखि नेपाल फर्काइ अनि सञ्चारकर्मी देखि राजनीतिक यात्रा भित्र घटेका घटनाक्रमहरूको संक्षिप्त विश्लेषण ।

स्रोत नखुलेको २६ लाखसहित दुई जना पक्राउ बुधबार, कात्तिक २२, २०८० पक्राउ पर्नेमा बर्दिया गेरूवा गाउँपालिका–२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौं महानगरपालिका–१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल छन् ।

वरिष्ठ अधिवक्ता भण्डारी विरुद्ध महिला आयोगमा उजुरी, के हो घटना? बुधबार, कात्तिक २२, २०८० आफूलाई पत्नीको रुपमा स्वीकार गर्न इन्कार गरेको र उल्टै ज्यान मार्ने धम्की दिएको भन्दै बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीविरुद्ध राष्ट्रिय महिला आयोगमा उजुरी परेको छ । कानुन व्यवसायीसमेत रहेकी जानकी पाण्डेले मंगलबार आयोगमा उजुरी दर्ता गरेकी हुन् । उनले भण्डारीमाथि सुरक्षा निगरानी गर्न र आफ्नो, सन्तान तथा नातेदारको जिउज्यानको सुरक्षा...

अफताब आलमको मुद्दामा सुनुवाइ जारी, १५ दिनभित्र बहस नोट पेस गर्न आदेश बुधबार, कात्तिक २२, २०८० इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित मोहम्मद अफताब आलमको मुद्दामा जिल्ला अदालत रौतहटमा सुनुवाइ भइरहेको छ । २०६४ साल चैतमा संविधान सभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दा जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा सुनुवाइ भइरहेको हो ।

उत्तर कोरियाले नेपालमा दूतावास बन्द गर्ने बुधबार, कात्तिक २२, २०८० स्रोतका अनुसार नेपालबाट दूतावास हटाउने सम्बन्धमा दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । साथै सोमबार उत्तर कोरियाका राजदूत जो योङ मानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए । उक्त अवसरमा पनि उनले प्रधानमन्त्रीलाई जानकारी दिएका थिए । अहिले उत्तर कोरियाको दूतावास ललितपुरको झम्सिखेलमा छ ।

तेस्रो दिन पनि बढ्यो शेयर बजार बुधबार, कात्तिक २२, २०८० पछिल्ला तीन दिन शेयर बजार लगातार बढेको छ । सोमबार २१, मंगलबार ११ अंक बढेको नेप्से बुधबार ५ अंक बढ्यो । ५.१७ अंक बढेर नेप्से १८६३ विन्दुमा कायम भएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा १ हजार युवा खटाउने एमालेको निर्णय बुधबार, कात्तिक २२, २०८० पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बुधबार बसेको सचिवालय बैठकले आगामी मंसिर १ गतेदेखि अस्थायी आवास निर्माण गर्न १ हजार युवा खटाउने निर्णय गरेको हो । ती युवाले १ करोड मूल्यभन्दा बढीको श्रम गर्ने उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।

पोखराको लेकसाइड २४सै घण्टा खोल्न अदालतको आदेश बुधबार, कात्तिक २२, २०८० पोखराको पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खुला गर्न अदालतले आदेश दिएको छ। देवीकुमारी बरालको रिट निवेदनमा उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले उक्त आदेश गरेको हो ।

‘अवैध’ अस्पतालले समस्या, लापर्बाहीले ज्यान गुमाउँदै बिरामीहरू बुधबार, कात्तिक २२, २०८० इमर्जेन्सी जनसेवा हस्पिटल बिर्तामा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि मृतकका आफन्त आक्रोशित भएका छन् । चन्द्रपुर नगरपालिका–७ बनबौहरीका इब्राहिम सिद्धिकीकी ३० वर्षीया श्रीमती नुर्जहान खातुनको पाठेघर अप्रेसन गर्ने क्रममा मृत्यु भएपछि आफन्त आक्रोशित भएका हुन् । चिकित्सकको लापरबाहीका कारण श्रीमतीको मृत्यु भएको श्रीमान् इब्राहिमले आरोप लगाएका छन् ।

पूर्वमन्त्री आलमको मुद्दामा अन्तिम चरणमा, बिहीबार फैसला आउने सम्भावना बुधबार, कात्तिक २२, २०८० रौतहटको राजपुर बमकाण्डमा अभियोग लागेका हाल पुर्पक्षका लागि जेलमा रहेका मोहम्मद अफताब आलमसँग सम्बन्धित मुद्दाको अन्तिम फैसला बिहीबारसम्म हुने सम्भावना छ । पहिलो संविधान सभाको निर्वाचनको अघिल्लो दिन २०६४ साल चैत २७ गते पूर्वमन्त्री अफताव आलमका काका शेष इन्द्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँट्टा भट्टामा जलाएको...









