News Griha :: न्यूजगृह
महोत्तरीबाट बेपत्ता पाँच किशोरी धनुषामा भेटिए
महोत्तरीबाट बेपत्ता पाँच किशोरी धनुषामा भेटिए धनुषाको ढल्केबरमा उनीहरूलाई प्रहरीले बिहान सवा १० बजे फेला पारेको हो । उनीहरूलाई स्थानीयले रोकेर प्रहरीको जिम्मा लगाएका हुन् । फेला परेका किशोरीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ ।
अदालतको आदेशपछि लेकसाइड २४सै घण्टा खुल्ने, पर्यटन व्यवसायी उत्साहित
अदालतको आदेशपछि लेकसाइड २४सै घण्टा खुल्ने, पर्यटन व्यवसायी उत्साहित गृह प्रशासन सुधार कार्ययोजनामा काठमाडौंको ठमेल, दरबारमार्ग, पोखराको लेकसाइड जस्ता पर्यटकको अवागमन बढी हुने क्षेत्रमा २४ सै घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने उल्लेख छ ।   
रेशम चौधरीको आम माफीविरुद्धको रिट स्थगित 
रेशम चौधरीको आम माफीविरुद्धको रिट स्थगित  रेशम चौधरीविरुद्धको रिट स्थगितको सूचीमा परेको छ । न्यायाधीश अभावका कारण चौधरीको बिहीबारको पेसीमा स्थगितमा परेको हो । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनको समूह नै स्थगितमा परेपछि रेशमविरुद्धको मुद्दा पनि स्थगितमा परेको हो  गोला तान्ने क्रममा रिट समूहको गोला कुनै पनि न्यायाधीशले नतानेका हुन् ।  
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरीबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरीबीच भेटवार्ता पाँच दिने भ्रमणका लागि बुधबार नेपाल आएका चुनचङले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
जाजरकोटमा गत शुक्रबारयता साढे ६०० परकम्प
जाजरकोटमा गत शुक्रबारयता साढे ६०० परकम्प जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर कात्तिक १७ गते राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता झण्डै साढे ६ सय परकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले जानकारी दिइन् ।
विद्युत् महसुल नबुझाउने एक हजार ७९ सेवाग्राहीको लाइन काटियो
विद्युत् महसुल नबुझाउने एक हजार ७९ सेवाग्राहीको लाइन काटियो नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटेको छ ।  कात्तिक १२ गतेदेखि कात्तिक २२ गतेसम्म दश दिनमा विद्युत् महसुस बक्यौता रहेका सेवाग्राहीको लाइन काटिएको हो । लाइन काटिएका सेवाग्राही मध्ये सात सय ६० जनाबाट बक्यौता रकम असुली गरिएको कार्यालयका प्रमुख रामु श्रेष्ठले बताए ।
महोत्तरीबाट ५ किशोरी बेपत्ता, खोजी जारी
महोत्तरीबाट ५ किशोरी बेपत्ता, खोजी जारी महोत्तरीबाट पाँचजना किशोरी बेपत्ता भएका छन् । औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा सम्पर्कविहीन भएका हुन् ।
ट्रकको ठक्करबाट युवकको मृत्यु
ट्रकको ठक्करबाट युवकको मृत्यु बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । कोहलपुरस्थित कृषि चोकमा बुधबार साँझ ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो ।
एन्फा विशेष साधारण सभा आज, अध्यक्ष नेम्वाङले अविश्वासको प्रस्ताव सामना गर्ने
एन्फा विशेष साधारण सभा आज, अध्यक्ष नेम्वाङले अविश्वासको प्रस्ताव सामना गर्ने गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईमाथि बर्खास्त गर्न माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए । एन्फामा कुल १०५ सदस्य रहेकोमा साधारणसभामा ८६ सदस्यसँग मात्र मताधिकार रहेको छ ।  
तिहारले बढायो सुनचाँदीको कारोबार
तिहारले बढायो सुनचाँदीको कारोबार चाडपर्वका बेला ग्राहकले नयाँ गहना किन्ने भएकाले पनि सुनचाँदीको कारोबार बढ्न थालेको छ । सामान्य अवस्थामा दैनिक १० किलो सुन बिक्री हुने गरेकामा अहिले २० किलोमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यी प्रदेशमा हिमपातको सम्भावना
यी प्रदेशमा हिमपातको सम्भावना विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।
सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष, अक्टोबरमा सबैभन्दा बढी तापमान
सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष, अक्टोबरमा सबैभन्दा बढी तापमान युरोपको जलवायु अनुगमनकारी संस्थाले सन् २०२३ लाई इतिहासकै सबैभन्दा तातो वर्ष ठहर गरेका छन् । त्यसमा पनि गत महिना अक्टोबर सबैभन्दा तातो महिना भएको दाबी गरिएको छ ।
Weather Update