News Griha :: न्यूजगृह
प्रधानमन्त्री जलवायु सम्मेलनमा भाग लिन यूएई जाने
प्रधानमन्त्री जलवायु सम्मेलनमा भाग लिन यूएई जाने आगामी मंसिर १४ देखि २६ गतेसम्म हुने सम्मेलनमा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सहभागिता जनाउने भएको छ । वन तथा वातावरण मन्त्रालयले उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितालाई प्रभावकारी बनाउन तयारी थालेको बताएको छ ।
मौसम : आंशिक बदलीदेखि वर्षा र हिमपातको सम्भावना 
मौसम : आंशिक बदलीदेखि वर्षा र हिमपातको सम्भावना  देशका केही भू–भागमा शुक्रबार वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम आंशिक बदलीदखि सामान्यतया सफा रहेको छ ।
टिकटक विवादले १८ वर्षीय दीपेन्द्रको गयो ज्यान
टिकटक विवादले १८ वर्षीय दीपेन्द्रको गयो ज्यान अछामको पञ्चदेवल विनायक नगरपालिका- ८ का १८ वर्षीय दीपेन्द्रबहादुर शाहीमाथि कार्तिक ११ गते ढुङ्गा प्रहार भएको थियो । ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका शाहीको कार्तिक १७ गते कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको थियो ।
फुटबलर दिनेश राजवंशीसहित ४ जना पक्राउ, कसुर अभद्र व्यवहार 
फुटबलर दिनेश राजवंशीसहित ४ जना पक्राउ, कसुर अभद्र व्यवहार  फुटबल डिफेन्डर दिनेश राजवंशी पक्राउ परेका छन् । प्रहरी वृत्त दरबारमार्गले राजवंशी र उनका ३ जना साथीलाई बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । 
नातेदार बाटै मुगुमा एकै परिवारको सामूहिक हत्या, घटनाको १३ दिनपछि एक जना पक्राउ 
नातेदार बाटै मुगुमा एकै परिवारको सामूहिक हत्या, घटनाको १३ दिनपछि एक जना पक्राउ  मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ६ मन्दु गाउँमा एकै परिवारको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटना बाहिर आएको १३ दिनपछि प्रहरीले चार जनाको हत्या गरेको आरोपमा एक अभियुक्तलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
अभिनेत्री ‘जलपरी’को मृत्यु : विष सेवन गरेर आत्महत्या, शव शिक्षण अस्पतालमा 
अभिनेत्री ‘जलपरी’को मृत्यु : विष सेवन गरेर आत्महत्या, शव शिक्षण अस्पतालमा  बुधबार राति विष सेवन गरेपछि गम्भीर बिरामी परेकी उनको नर्भिक अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको थियो । दिपाशालाई सँगै बस्ने भाइ र बहिनीले अस्पताल पुर्याएका थिए ।
सामाजिक सञ्जाल सञ्चालकले नेपालमा कार्यालय राख्नुपर्ने
सामाजिक सञ्जाल सञ्चालकले नेपालमा कार्यालय राख्नुपर्ने सरकारले सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकलाई नेपालमा कार्यालय राख्न बाध्य पार्ने निर्देशिका ल्याएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० लाई स्वीकृति दिएको हो । जसमा सामाजिक सञ्जाल फेसबुक, एक्स, टिकटक, युट्युबलगायतले नेपालमा सम्पर्क कार्यालय राख्नुपर्ने व्यवस्था गरिएको छ ।
फूल व्यापारीसँग ‘घुस’ माग्ने असई निलम्बित
फूल व्यापारीसँग ‘घुस’ माग्ने असई निलम्बित प्रहरी सहायक निरीक्षक (असई) यादवले नेपाल-भारत सीमा वारपार फूलको कारोबार गर्ने व्यापारीसँग घुस मागेको आरोप छ । असई यादवलाई निलम्बन गरिएको सर्लाहीका एसपी प्रवीण धितालले बताए ।
सामाजिक सञ्जाल सञ्चालन निर्देशिका  : यी हुन् प्रयोगकर्ताले गर्न नमिल्ने १९ क्रियाकलाप
सामाजिक सञ्जाल सञ्चालन निर्देशिका  : यी हुन् प्रयोगकर्ताले गर्न नमिल्ने १९ क्रियाकलाप मन्त्रिपरिषद्को बिहीबारको बैठकले सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित गरेको छ । सामाजिक सञ्जाल फेसबुक, एक्स (ट्वीटर), टिकटक, युट्युब, इन्स्टाग्रामलगायतमा राखिने सामग्री विकृत भएको भन्दै प्रश्न उठेपछि सरकारले निर्देशिका ल्याएको हो ।
रेशम चौधरीको आममाफीविरूद्धको रिटको पेसी पुस १६ मा 
रेशम चौधरीको आममाफीविरूद्धको रिटको पेसी पुस १६ मा  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको आममाफीविरुद्धको रिटको पेसी आगामी पुस १६ गतेका लागि तोकिएको छ ।न्यायाधीश अभावका कारण चौधरीको बिहीबारको पेसीमा स्थगितमा परेको थियो ।  
सन्दीपविरुद्धको मुद्दामा अदालतले माग्यो दुवै पक्षसँग बहस नोट
सन्दीपविरुद्धको मुद्दामा अदालतले माग्यो दुवै पक्षसँग बहस नोट क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अदालतले दुवै पक्षसँग बहस नोट माग्ने आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले बिहीबारको पेसीमा बहस नगरी दुवै पक्षसँग बहस नोट झिकाउने आदेश गरेको हो।
भूकम्प पीडितलाई प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने [भिडिओ]
भूकम्प पीडितलाई प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने [भिडिओ] प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब भूकम्प पीडितलाई दिने भएका छन् ।  बिहीबार बसेको मन्त्रपरिषद् बैठकले प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब भूकम्प प्रभावितहरूलाई दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
Weather Update