News Griha :: न्यूजगृह
उत्तर कोरियाका राजदूत र कर्मचारीले नेपाल छाडे 
उत्तर कोरियाका राजदूत र कर्मचारीले नेपाल छाडे  नेपालस्थित राजदूतावास बन्द गरेर उत्तर कोरियाली राजदूत र दूतावासमा कार्यरत कर्मचारीहरू फर्किएका छन् । उत्तर कोरियाले नेपालसहित विभिन्न देशका राजदूतावास बन्द गर्ने निर्णयसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरूसँग बिदाइ भेट गरेका थिए ।
अनिवार्य अवकाशअघि नै एसएसपी लुइँटेलले दिए राजीनामा
अनिवार्य अवकाशअघि नै एसएसपी लुइँटेलले दिए राजीनामा प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत लुइँटेल मंसिर ६ गते अनिवार्य अवकाशमा जाँदै थिए । तर, उनले अवकाशको १५ दिनअघि नै राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृतसमेत भइसकेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले बताए । 
मुगुमा एकै परिवारका ४ जनाको हत्या घटनामा संलग्न दुई जना सार्वजनिक 
मुगुमा एकै परिवारका ४ जनाको हत्या घटनामा संलग्न दुई जना सार्वजनिक  पकाउ पर्नेमा मुगुको छायाँनाथ रारा नगरपालिका-७ पिना घर भई बाँकेको वैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराज शाही र छायाँनाथ रारा-६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा छन् । उनीहरूलाई शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले सार्वजनिक गरेको हो ।
दिउँसै जुवा खेलिरहेका १२ जना पक्राउ 
दिउँसै जुवा खेलिरहेका १२ जना पक्राउ  आदर्श गाउँपालिका २ कुचेडा बजार बस्ने ५४ वर्षीय पदमबहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय आदर्शका अनुसार उनीहरूको साथबाट १ लाख ८४ हजार ६ सय ८० रुपैयाँ बरामद भएको छ ।  
त्रिविको उपकुलपति सिफारिसका लागि समिति गठन
त्रिविको उपकुलपति सिफारिसका लागि समिति गठन प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेको समिति गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘नयाँ चरणको क्रान्ति’को तयारीमा प्रधानमन्त्री प्रचण्ड
‘नयाँ चरणको क्रान्ति’को तयारीमा प्रधानमन्त्री प्रचण्ड तर क्रान्तिको स्वरुप र आवश्यकताबारे उनी पटक्कै बोलेका छैनन् । प्रधानमन्त्री प्रचण्डले अहिले पूर्वमाओवादीहरूको एकता र सर्वदलीय एकताको विषयलाई बडो चाखपूर्ण तरिकाले अँगालेका छन् । विश्लेषकहरूले प्रधानमन्त्री प्रचण्डको पछिल्लो भनाइलाई सत्ताको अवधि लम्याउने चालको रुपमा अर्थ्याउँछन् । 
उपरथी पाण्डेको राजीनामा स्वीकृत
उपरथी पाण्डेको राजीनामा स्वीकृत नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । नेपाली सेनाको मुख्यालयले शुक्रबार पाण्डेको राजीनामा स्वीकृत गरेर यसबारे जानकारी रक्षा मन्त्रालयलाई पठाएको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
तिहारमा मौसम सफा रहने
तिहारमा मौसम सफा रहने महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार शुक्रबार र शनिबार कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा बदली रही वर्षाको सम्भावना रहेको छ । साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उनले बताए ।
रेमिट्यान्सले राख्यो कीर्तिमान, एक महिनामा १ खर्ब ३६ अर्ब भित्रियो
रेमिट्यान्सले राख्यो कीर्तिमान, एक महिनामा १ खर्ब ३६ अर्ब भित्रियो असोजमा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको छ । एकै महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो । चालुआर्थिक वर्ष (आव) २०८०/८१ को भदौ २०८० सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर ३ खर्ब...
भ्रष्टाचारीलाई सहयोग गर्नेविरुद्ध भ्रष्टाचार मुद्दा
भ्रष्टाचारीलाई सहयोग गर्नेविरुद्ध भ्रष्टाचार मुद्दा उनलाई सहयोग गरेको आरोपमा अख्तियारले जिल्ला शिक्षा कार्यालयका तत्कालीन विद्यालय निरीक्षक बृज किशोर यादव, नेपाल राष्ट्रिय प्राविका प्रधानाध्यापक धर्मेन्द्रप्रसाद यादव र चेथारु प्रसाद कुर्मी, बाराका जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारी, क्षेत्रिय शिक्षा निर्देशनालयका कामु निर्देशक दिनेशकुमार श्रेष्ठ र शाखा अधिकृत बेदप्रसाद पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।  
डलर सञ्चिति १६ खर्ब ४३ अर्ब पुग्यो
डलर सञ्चिति १६ खर्ब ४३ अर्ब पुग्यो विदेशी विनिमय सञ्चिति बढेको छ । चालू आवको तीन महिना (असोज)सम्म आइपुग्दा विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशतले बढेर १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ । २०८० असार मसान्तमा विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड थियो ।
मोबाइल वालेटमा जम्मा गर्ने रकमको सीमा बढाइयो
मोबाइल वालेटमा जम्मा गर्ने रकमको सीमा बढाइयो नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायीरुपमा बढाएको छ ।राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थामा संशोधन गर्दै मोबाइल वालेटमा रकम जम्मा गर्ने सीमा दोब्बर बनाएको हो ।
Weather Update