तिहार बिदामा पनि सर्वोच्च अदालत खुला आइतबार, कात्तिक २६, २०८०

जर्मन बुन्डेसलिगामा बायर्न शीर्ष स्थानमा आइतबार, कात्तिक २६, २०८० घरेलु मैदान एलिएन्ज एरेनाका भएको खेलमा केनले १४औं र ४४औं मिनेटमा गोल गर्दै बायर्नलाई पहिलो हाफमै दुई गोलको अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा हेइडेमहेइमले दुई गोल फर्कायो ।

धादिङ केन्द्रबिन्दु बनाएर भूकम्प आइतबार, कात्तिक २६, २०८० धादिङमा भूकम्प गएको छ । गएराति ११:२३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

पशुपति धर्मशालामा एक व्यक्ति मृत फेला आइतबार, कात्तिक २६, २०८० प्रहरीका अनुसार उनी कतारबाट केही समय अघि नेपाल फर्किएका थिए । नेपाल फर्किएपछि राय धर्मशालामा कोठा लिएर बसेको खुलेको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बाबुको मृत्यु, छोरा घाइते आइतबार, कात्तिक २६, २०८० पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशाबाट जाँदै गरेको लु ४६ प ४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुको मृत्यु भएको हो । मोटरसाइकल चालक छोरा भने घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

इङ्ग्ल्यान्डसँग पाकिस्तान पराजित, हारसँगै पाकिस्तानको सेमिफाइनल सम्भावना सकियो आइतबार, कात्तिक २६, २०८० आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान पाँचौ स्थानमा सीमित बनेको छ । शनिबार इङ्ग्ल्यान्डसँग ९३ रनले पराजित भएपछि पाकिस्तानको सेमिफाइनल सम्भावना सकिएको हो ।

कोशी प्रदेशमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना आइतबार, कात्तिक २६, २०८० जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा

आज कुकुर तिहार, लक्ष्मी पूजा पनि आजै आइतबार, कात्तिक २६, २०८० आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ ।

अभिनेत्री दिपाशा बीसीको पशुपति आर्यघाटमा अन्त्येष्टि शनिबार, कात्तिक २५, २०८० उनलाई श्रद्धाञ्जली दिन आर्यघाटमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलासहित कलाकारहरू निर्मल शर्मा, सविन श्रेष्ठ, दीपाश्री निरौला र लोकदोहोरी क्षेत्रका व्यक्ति उपस्थित थिए ।

बङ्गलादेशविरुद्धको खेलमा अष्ट्रेलिया विजयी, मार्सको शानदार शतक शनिबार, कात्तिक २५, २०८० बङ्गलादेशले प्रस्तुत गरेको ३ सय ७ रनको लक्ष्य अष्ट्रेलियाले ४४.४ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्यायो । मार्सले नटआउट १ सय ३२ बलमा १ सय ७७ रन बनाए । उनले यसक्रममा १७ चौका र ९ छक्का हिर्काए । उनलाई पूर्वकप्तान स्टिभ स्मिथले ६३ रन बनाउँदै अन्तिमसम्म साथ दिए । ओपनर...

बलात्कार आरोपमा १८ वर्षीय किशोर पक्राउ शनिबार, कात्तिक २५, २०८० पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–१ लखन्तरी टावर चोक बस्ने १८ वर्षीय किशोर छन् । किशोरले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने खबरपछि प्रहरी चौकी झोराहाटबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

काठमाडौंमा पानी पर्यो, पानी परेपछि चिसो महसुस शनिबार, कात्तिक २५, २०८० काठमाडौंमा पानी परेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकाका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसमविद् गोविन्द झाका अनुसार उपत्यका सहित लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मौसम बदली भई हल्का वर्षा भएको छ ।

गोली लागेर सशस्त्र प्रहरीको मृत्यु, शिकारी पक्राउ शनिबार, कात्तिक २५, २०८० चौधरीको हत्या आरोपमा प्रहरीले घोराही–५ बरलाबोटका ५५ वर्षीय शेरबहादुर केसीलाई भरुवा बन्दुकसहित शनिबार पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लले बताए ।









