News Griha :: न्यूजगृह
तिहार बिदामा पनि सर्वोच्च अदालत खुला

काठमाडौं— दीपावली अर्थात् तिहार बिदामा पनि सर्वोच्चले अत्यावश्यक सेवा दिने भएको छ ।

बन्दी प्रत्यक्षीकरण, निवेदन दर्ता लगायतका कामका लागि सर्वोच्च अदालत तिहार  बिदामा समेत खुला रहने भएको हो ।  सर्वोच्च अदालतले आज (आइतबार)देखि बिहीबारसम्मका लागि न्यायाधीशहरूलाई जिम्मेवारी तोकिएको छ । 

सर्वोच्च अदालतका अनुसार आइतबार न्यायाधीश प्रकाशमान सिंह राउत, सोमबार न्यायाधीश सपना प्रधान मल्ल, मंगलबार न्यायाधीश हरिप्रसाद फुयाल र बिहीबार न्यायाधीश कुमार रेग्मीलाई जिम्मेवारी तोकिएको छ ।  

कात्तिक २८ गते भाइटीकाको दिन भने अदालत बन्द रहनेछ ।  सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका लागि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म इजलास रहनेछ ।

बन्दी प्रत्यक्षीकरण लगायतका रिट दर्ता गर्नका लागि भने कर्मचारीहरू बिहान १० बजे नै अदालतमा उपस्थित हुनेछन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  ०९:१९
Weather Update