उर्लाबारी आगलागी : १४ जनालाई उपचारका लागि सेनाको स्काइ ट्रकबाट काठमाडौं ल्याइयो सोमबार, कात्तिक २७, २०८०

करेन्ट लागेर तीन जनाको मृत्यु सोमबार, कात्तिक २७, २०८० धादिङको नेत्रावती गाउँपालिका- ४ चमैकोट बस्ने ४५ वर्षीया निर्मला तामाङको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । बाटोमा हिँडिरहेको अवस्थामा मेन लाइन तार चुँडिएर करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटर दुर्घटनामा एकको मृत्यु सोमबार, कात्तिक २७, २०८० माइतीघर मण्डलबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदै गरेको बा ५७ प ७३५९ नम्बरको स्कुटर दक्षिण गेट नजिक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

विभिन्न जिल्लाबाट ६५ जना जुवाडे पक्राउ सोमबार, कात्तिक २७, २०८० काठमाडौं प्रहरीका अनुसार नागार्जुन नगरपालिका-३ एकधारा बस्ने केशव अधिकारीको घरमा कौडा खेलिरहेका ४० वर्षीय श्यामबाबु तामाङसमेत २२ जनालाई आइतबार राति पक्राउ गरिएको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई ४ लाख ९२ हजार ५ सय ५० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो ।

भरुवा बन्दुक र ४० किलो सुकुटीसहित चार पक्राउ सोमबार, कात्तिक २७, २०८० पछिल्लो समय बाँके र बर्दिया निकुञ्जभित्र चोरीशिकारी गर्नेहरू बढ्दैगएको पाइएको छ । केही महिना यता आएर पटकपटक अवैध रुपमा निकुञ्जभित्र छिर्नेलाई सेनाको गस्ती टोलीले पक्राउ गर्दैआएको छ ।

तिहारको खर्च घटाउने यी आठ उपाय सोमबार, कात्तिक २७, २०८० हाम्रा चाडपर्व बिस्तारै खर्चिला र भड्किला बन्दै जाँदा धेरैलाई खर्चको व्यवस्थापन गर्नु त्यति सजिलो पनि हुँदैन । भर्खरै सकिएको दसैँ पर्वले पनि निकै नै खर्च गराएको छ । तिहारमा पनि कसरी खर्चको व्यवस्थापन गर्ने भन्ने धेरैको चासोको विषय हुन सक्दछ । यसका केही विकल्पका बारेमा यहाँ उल्लेख गर्न खोजिएको छ...

टिकटक आजैदेखि बन्द हुन्छ : गृहमन्त्री श्रेष्ठ सोमबार, कात्तिक २७, २०८० टिकटक आजैदेखि बन्द हुने भएको छ । प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने र त्यसपछि बन्द हुने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए।

अब सरकारी कागजातमा विक्रम संवत्सँगै नेपाल संवत् पनि उल्लेख गरिने सोमबार, कात्तिक २७, २०८० आजको मन्त्रिपरिषद् बैठकले गरेका तीन निर्णयमध्ये पहिलो निर्णयमा भनिएको छ, ‘मिति २०८०/७/२८ देखि सुरु हुने नेपाल संवत् ११४४ को उपलक्ष्यमा सबै नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्ने। नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत्ंसमेत उल्लेख गर्ने।’

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय सोमबार, कात्तिक २७, २०८० सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हो । टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

खुकुरी प्रहार गरी युवकको हत्या सोमबार, कात्तिक २७, २०८० बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या गरिएको हो ।

लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा भक्तपुरमा एक वृद्धाको मृत्यु सोमबार, कात्तिक २७, २०८० मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीकी ८३ वर्षीया सावित्रीदेवी दाहालको आफ्नै घरमा पूजा गर्ने क्रममा आगलागी भई मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

हुम्लाबाट नेपालगञ्ज उड्न ठिक्क परेको नेपाल एअरलाइन्सको हवाईजहाजमा समस्या सोमबार, कात्तिक २७, २०८० नेपाल एअरलाइन्सको नाइन एन-एबीयू कलसाइनको हवाई जहाज सोमबार बिहान आठ बजे नेपालगञ्जबाट सिमकोट गएर पुनः नेपालगञ्ज फर्किने तयारीमा थियो । हवाई जहाजमा यात्रुहरू चढिसकेका थिए । तर प्राविधिक समस्या देखिएको भन्दै उनीहरूलाई ओरालिएको छ ।

प्रधानमन्त्रीको तिहार शुभकामनाः ‘नेपालीलाई एकताको सूत्रमा बाँध्ने महत्वपूर्ण आधार’ सोमबार, कात्तिक २७, २०८० नेपालका विविध जाति, जनजाति र समुदायले मनाउने राष्ट्रिय पर्वहरू प्राकृतिक सम्पदा र ऐतिहासिकतामा आधारित रहँदै आएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भनेका छन्, ‘यस्ता पर्वहरूभित्र श्रमप्रति सम्मान, सामाजिक भावना र मित्रता, सामाजिक सहअस्तित्व एवं मानवीय जीवनमा आइपर्ने चुनौतीहरूमाथि सहकार्य र एकताका आधारमा विजय हासिल गर्ने विचार र व्यवहार अन्तर्निहित छन्।’









