अब सरकारी कागजातमा विक्रम संवत्सँगै नेपाल संवत् पनि उल्लेख गरिने

काठमाडौं— राष्ट्रिय संवत्का रूपमा मान्यता प्राप्त नेपाल संवत् अब सरकारी कागजातमा उल्लेख गरिने भएको छ ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सबै सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको हो ।
आजको मन्त्रिपरिषद् बैठकले गरेका तीन निर्णयमध्ये पहिलो निर्णयमा भनिएको छ, ‘मिति २०८०/७/२८ देखि सुरु हुने नेपाल संवत् ११४४ को उपलक्ष्यमा सबै नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्ने। नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत्ंसमेत उल्लेख गर्ने।’
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८० १३:५२