News Griha :: न्यूजगृह
पटाका पड्काउँदा इनरुवामा घर जल्यो, ५० लाखको क्षति
पटाका पड्काउँदा इनरुवामा घर जल्यो, ५० लाखको क्षति सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पटाका जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
आगलागीमा परी मोरङमा ४ प्रहरीसहित २८ जना घाइते
आगलागीमा परी मोरङमा ४ प्रहरीसहित २८ जना घाइते लक्ष्मी पूजाका दिन मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा भएको आगलागीमा परी ४ प्रहरी र २४ जना सर्वसाधारणसमेत २८ जना घाइते भएका छन् ।प्रहरीतर्फ एकजना असई, एक जना हबल्दार र दुई जना जवान घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको झापा तथा मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  
कैलालीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
कैलालीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भजनी नगरपालिका-६ को नवलपुरस्थित भित्री सडकखण्डमा आइतबार राति सुपप्र ०१००९प ११२९ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।
आज गाई पूजा गरिँदै
आज गाई पूजा गरिँदै कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।
लक्ष्मीपूजाको दिन विद्युत्‌‌को उच्च माग १४३८ मेगावाट, भारतमा पनि निर्यात
लक्ष्मीपूजाको दिन विद्युत्‌‌को उच्च माग १४३८ मेगावाट, भारतमा पनि निर्यात नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमान्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको रेकर्ड गरेको छ । गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमान्ड १३०५ मेगावाट थियो । 
नवलपरासी दुर्घटनामा मृतक संख्या ७ पुग्यो
नवलपरासी दुर्घटनामा मृतक संख्या ७ पुग्यो नवलपरासी पूर्वको देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका एकजनाको पनि मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो ।
जाजरकोट भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय
जाजरकोट भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय आइतबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट प्रभावितहरुको लागि अस्थायी आवास बनाउन प्रति परिवार ५० हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको हो ।
आगलागीमा परी गोरखामा आमाछोराको मृत्यु
आगलागीमा परी गोरखामा आमाछोराको मृत्यु उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा शनिबार राति घरमा आगलागी हुँदा जलेर आमाछोराको मृत्यु भएको छ । ७८ वर्षीया कान्छी गुरुङको घरमा आगलागी हुँदा उनी र अपाङ्गता भएका उनका ३९ वर्षका छोरा चनारसिंङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
नवलपरासीमा जीप दुर्घटना, ६ जनाको मृत्यु
नवलपरासीमा जीप दुर्घटना, ६ जनाको मृत्यु दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् । मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।
एउटै पासोमा मृत फेला परे श्रीमान्-श्रीमती  
एउटै पासोमा मृत फेला परे श्रीमान्-श्रीमती   कञ्चनपुरको लालझाडीमा आइतबार बिहान श्रीमान् श्रीमती मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका–१ बिनबारीमा श्रीमान् श्रीमती आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन।
साताको पहिलो दिन एक हजार रुपैयाँले घट्यो सुनको भाउ
साताको पहिलो दिन एक हजार रुपैयाँले घट्यो सुनको भाउ नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँ कायम भएको छ । शुक्रबार एक लाख १४ हजार १५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज एक लाख १३ हजार १५० रुपैयाँ निर्धारण गरिएको छ ।
Weather Update